Sunday 6th October 2024

बास्कोटा काण्ड – मिश्रलाई १००० कोर्रा हान्न पर्दछ


तोयानाथ उपेक्षित – विरोधको पनि एउटा सिमा हुन्छ । विरोध गर्नु भनेको जे मन लाग्यो त्यो बोल्ने छुट होईन । अहिले प्रम ओलीको दाँया हात भाचिएको छ भन्नेहरुले अब प्रम ओलीतिर ताकेर आर्चरी खेलीरहेका छन । यो मौका हो उनीहरुको कुण्ठा पखाल्ने । गोकुल बास्कोटाले प्रमको विश्वासमाथि आची गरिदिएपछि काखी बजाउनेहरुलाई धेरै मज्जा आईरहेको अवस्था पनि हो तर अब प्रमले उक्त आरोपलाई मुतको न्यानो सावित गर्न सक्नु पर्दछ ।

पहिलो कुरा त बास्कोटा ठिक हुन भन्ने कदापी होईन । पहिले देखि यो पंङितकारले त्यही पाटीको शुभचिन्तक हुदा हुदै पनि आफ्ना लेख मार्फत उनको विरोधमा लेख्दै आएको छ । यस मानेमा उनको अमत्याई खुईलिएको देख्न पाउदा थोरै भए पनि मज्जा नै लागेको छ । उनको शैली र प्रस्तुतीको हाउभाउ र हुलियाले मन्त्री जस्तो नलागेर गुण्डा जस्तो देखिन्थ्यो तर बास्कोटालाई हाम्रा प्रमले भयंकर उदियमान युवा देख्नु हाम्रो दोष होईन । हिजोका दिन देखि नै उनको प्रस्तुतीका विरुद्धमा लेख्दै आएको हुँदा मलाइ पनि प्रतिक्रियाबादीको मान्छे ठान्नेको कमि थिएन । अहिले बास्कोटा उत्तानो परेर भिरबाटा लडेका गाई जस्तै भएका देखि देखि उनको कुरा गरेर समय खेर फाल्नु छैन । उनी ईतिहास भैसकेका छन । उनको प्रबृती अरुका लागि एउटा पाठ भएको छ । सवै बहालवाला मन्त्रीहरुका लागि आफू डुवेर बास्कोटाले “लालच बहुत बुरी चिज है” भन्ने सन्देश छाडेर गएका छन ।

विजय प्रकाश मिश्र भनिएको दलालको कुरा गरौ । एजेन्ट नै नभई कतै एजेन्टको परिचयमा, कतै विज्ञको भेषमा मन्त्री र मन्त्रालयमा धाउने उनी स्वयंले के भनेका छन भने म स्वीस प्रिन्टिगं प्रेसको एजेन्ट होईन । उनले यो पनि भनेका छन मैले मन्त्रीको नियत बुझ्न उनीसँग कुरा गरेको हुँ । स्वीस एम्बेसीले पनि उनी एजेन्ट होईनन भनेर प्रष्ट पारिसकेको छ । खैर जे होस उनकै कुरा साँचो मानौ । भलै देशका लागि भ्रष्ट नियत मन्त्रीको छ की छैन भन्ने ठुलो अग्नी परिक्षा नै लिएका रहेछन रे, पत्याई दिउ । किनकी उनले मन्त्रीलाई झुक्याएर भए पनि विश्वासमा पारेर भ्रष्टचार गर्ने बानी छैन भनेर बेस्सरी खोक्ने बास्कोटाको नकाब उतारे । यस्ता विजय प्रकाश अरु पनि हुन पर्दछ, अडियो सार्वजनिक गरेर चर्चामा आएका पत्रकार सिवाकोटी पनि थुप्रै जन्मनु पर्दछ । यो आ-आफ्नो हैसियत, सम्बन्ध र पहुच अनुसारको शक्ति र विवेक प्रयोग गरेर भ्रष्टलाई कठला समाउने अभियानको एउटा कार्य बनोस । बिजय को मनशाय यतिमा मात्र सिमित होस । उनी त्यस्तै मान्छे होउन जसले मन्त्रीहरुको मनभित्र पसेर नियत पत्ता लगायो । तर मेनपावर व्यवशायबाट माथि उठेका उनी मन्त्रीको नियत मात्र बुझ्ने गरि बास्कोटासँग सम्बाद गरे होलान भनेर पत्याउने अवस्था छैन । त्यहाँ लिने दिने कुरामा सम्बन्ध टुटेको देखिन्छ । यसको जरो सम्म छानविन पुग्न पर्दछ । किनकी घुस दिन खोज्ने र लिन खोज्ने दुवै राष्ट्रका शत्रु हुन ।

मिश्रले ताक परे तिवारी नत्र गोतामे बनेर खेल्न पाउनु हुदैन । यस्ता मानिसले होनाहार मानिसलाई समेत लालचमा पारेर अरु धेरैलाई अपराध गर्न सिकाउछन । उनीहरुको कुरा नमाने नियत बुझ्न गरेको प्रयत्न भन्दै तर्क गर्दछन । यो छुट कसैलाई हुन हुदैन । यस्ताको बदनियतपूर्ण प्रयत्नको अन्तर्यमा छानविन पुग्न पर्दछ र तिनलाई पनि पाता कस्न पर्दछ ।

अब कुरा गरौ प्रम लाई पहिले नै थाहा थियो भन्ने कुरा । उनले प्रम ओलीलाई बासकोटा सँगको कमिसन काण्डको अडियो एक महिना अगाडी दिएको भन्ने कुरा बाहिर आएको छ तर यो कुरा मिश्रले प्रष्ट पारेका छैनन् । यद्यपी सर्वाधिक यही कुरा उठाएर प्रम तिर नैतिकताको तीर दागिंदैछ । कसरी र कहाँबाट प्रमको कुरा आयो ? यो कुरा कति झुटो हो कति साँचो हो कसले पुष्टि गर्छ ? विजय प्रकाशले पुष्टि गर्न सक्छन ? सक्छन भने गरुन । पुष्टि भएमा हामीलाई प्रमको रुपमा ओलीलाई हेर्नु छैन । तर स्वयं मिश्रले बास्कोटाको नियत बुझ्न कुरा गरेको हो भने पछि त्यो अडियो प्रम को मा पुग्ने कुरा हुन्छ की हुदैन ? झुठो नाटक लिएर कोही प्रम काहाँ किन जावोस । बास्कोटाले मिश्रलाई उक्त विजनेसका लागि काम जिम्मा लगाएको हो रहेछ भने पनि उनी त नक्कली एजेन्ट न रहेछन । तिनले प्रिन्टिंग प्रेस कसरी बेच्थे होला ? स्वयं नक्कली मानिसले सक्कली अडियो के भनेर दिने ? खैर जे होस उनको दावी प्रमाणित गरियोस । सक्दैनन् र प्रम को बदनाम गर्न अफवाह फैलाएको निश्कर्ष निस्किएछ भने विजय प्रकाश मिश्रलाई कानून अनुसार मात्र होईन टुडी खेलमा ल्याएर राँगा जोत्ने छालाको दुवालीले सार्वजनिक रुपमा १००० कोर्रा हान्न पर्दछ ।

पूर्व मन्त्री बास्कोटाको नियत त छर्लगै छ । मिश्रलाई छाडेर अर्को जर्मनी वा फ्रान्सेली जुन कम्पनीसँग कारोवार गर्न खोजेका छन त्यहाँ पनि ठुलै कमिसनको गन्ध आएको छ । प्रम ओलीको छोरो जस्तो भएर प्रम ओलीको काधमा बास्कोटाले विस्ट्याएकै हुन भने ओलीलाई अरुले भने जस्तै खराब मानिसले घेरेर राखेका छन भन्ने कुरा पत्याउन करै लाग्ने भो । यदि प्रम ओली बास्तवमै दलाल र भ्रष्टचारीहरुको पहिचान गर्न फेरी पनि चुक्नु भयो भने यो देश मात्र बरबाद हुदैन सवैको झिनो आशा र भरोसाको त्यान्द्रो पनि छिनिन्छ । अझै समय छ चेतना होस तिन वर्ष राम्रोसँग सरकार चलेमा जनतासँग अर्को विकल्प छैन । नेकपाका नेता र कार्यकर्ताले हतास भईहाल्न पर्दैन ।


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...