Monday 13th May 2024

चितवनका विकास विरोधीको प्रतिरोध गर्न जरुरी छ


तोयानाथ उपेक्षित – चितवन देशको लगभग मध्य भागमा पर्ने हुदा यहाँ देशै भरिका मानिसहरुको बसोबास रहेको छ। यसलाई पहिले ७६ औ जिल्ला पनि भनिन्थ्यो अहिले ७८ औ जिल्ला भने पनि हुन्छ। देशको संगम स्थल, भाषा, धर्म, जाति र सस्कृतिको घनिभुत मिश्रण भएको जिल्ला। भित्री मधेस, उर्वर जमिन, विविध बज्यजन्तु, जलचर र थलचरहरुको बासस्थान यो आफैमा पर्यटकीय जिल्ला पनि हो। सुन्दर छ चितवन अनि उर्वर छ जमिन।

गैह सरकारी संघसंस्थाहरुको रोजाईको जिल्ला, हजारौ कम्पनीहरुको सुगम ठाउँ, यसैले पनि यहाँको भूभाग मूल्यवान छ। देशको राजधानी र सुन्दर पर्यटकीय गन्तव्य पोखरा पुग्न पनि यहाँबाट टाढा छैन। देशको पूर्वी नाका र पश्चिम नाका सम्मका लागि अहोरात्र हुईकिरहने सवारीहरुले चितवनलाई दिनरात गुल्जार बनाईरहन्छ। यहाँ मिलेर बसेका सयौ प्रकारको संस्कृतिको संगम छ तर आजभोली चितवनको छवी त्यति राम्रो भईरहेको छैन। बादल र प्रचण्डलाई प्रहार गरेर कहिल्यै नथाक्नेहरुको पौठेजोरी खेल्ने थलो चितवनलाई बनाएर कुरुप पारिदैछ। प्रतिशोध साध्न साना ठुला झुण्डहरुमा भईरहने जिन्दावाद र मुर्दावादले चितवनलाई असुरक्षित बनाईदैछ।

चितवनले प्रदेशको राजधानी गुमाईसकेको छ कुनै बेला देशकै राजधानी चितवनमा सार्ने कुरा हुने गर्दथ्यो। जतिजति चितवनमा दाउँपेच बढ्दै गएको छ त्यतित्यति यसले आर्कषण गुमाउदै गएको छ। सयौ विगाह जमिनका केरा खती रातारात फाड्ने जस्ता दुष्टतापूर्ण कार्य भएका छन विगतमा, बन्य जन्तुको तस्करी र बन्य सम्पदाको चोरी पैठारीले चितवनको शहर मात्र नभएर जंगल पनि असुरक्षित भईरहेको छ। रिसोर्टहरूमा अपराधिक घटनाहरु घटिरहनाले बदनाम हुने गरेका छन। फर्जी कम्पनीहरुले कृषिका लागि पाउने करोडौको अनुदान पचाउन चितवनको भूमिलाई प्रयोग गरिदै आएको पाईन्छ। चितवनको क्यान्सर अस्पताल होस वा बनविज्ञान कृषी क्याम्पस त्यहाँ राजनितीले आक्रान्त पारेको छ। ठुला ठुला तस्कर र व्यपारीहरुले चितवनको हुर्मत लुटिरहेका छन यस्तो लाग्छ चितवन अराजक बन्दैछ।

चितवनमा जसरी भुकम्प पछि अावादी ह्वात्तै बढ्यो त्यसरी नै विकृती पनि बढि रहेको छ। पछिल्लो दिनमा धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनलाई बैभवशाली बनाउन नेपालमा नै पहिलो पटक जुन स्तरको रंगशाला बनाउदैछन त्यसलाई भत्काउने चुनौती दिनेहरु देख्दा लाग्छ धुर्मुस नजाने ठाउँमा गए। चितवनलाई त्यो भव्य खेलकुदको ईमारत पच्दैछैन। उनले ७७ जिल्लाको स्वामित्व खोजिरहंदा चितवनबाट नै अदालत जाने र काम रोक्ने धम्की आउनु विडम्बनापूर्ण छ। चितवनलाई बदनाम गराउने, यहाँको पहिचान र गौरबलाई बदनाम गराउने काम चितवनकै बासिन्दाबाट भएको सुन्दा सुदुरपूर्वको झापाबाट धुर्मुसलाई गाली गर्न पनि मन लाग्छ।

तारा बराल नामकी एक महिलाले फेसबुकमा बरबराएको सुनेर अचम्म लाग्छ। काँसघारीले टन्न ढाकेको जमिनमा उत्पादन बढाउन कुनै सरोकार नराख्नेहरुले चितवनको माटोको माया गरेको स्वांङ कति पनि सुहाएको देखिदैन । खेलकुद भोको पेटले रुचाउदैन भन्ने कुरा गर्नेहरु का तर्क सुनेर हाँसो लाग्छ। खेल पनि देश विकासको एउटा महत्वपूर्ण क्षेत्र हो त्यसमा पनि गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाले चितवनको सुन्दरता, गरिमा र हैसियतलाई विश्वसामु चिनाउछ भन्ने ज्ञान नराख्नेले गर्ने विरोधलाई के भन्ने होला। रामपुर क्याम्पस होस वा ईन्जिनियरिंङ क्याम्पस तीनको उचित संरक्षण र त्यहाँ दिईने शैक्षिक गुणस्तर जमिनको क्षेत्रफलमा मात्र देख्नेहरुले ईजरायल गएर हेरुन। अझ साँच्चै भन्ने हो भने नेपालमा कृषि क्याम्पसहरुलाई पहाडी भूभागतिर स्थानान्तरण गरे झनै परिणाममुखि हुन्छ। किन चितवन मात्र, अरु जिल्लामा त्यस्ता क्याम्पसहरु खोल्दा हुन्न? एउटा रंगशालाको निर्माणले चितवनमा थप्ने आर्कषण समग्र क्षेत्रको विकासका लागि हुने त्यसको प्रभाव तिनले बुझेर बोल्दैछन की नबुझेर यो गंभिर र सोचनिय विषय भएको छ।

भएका अस्पताल राम्ररी चल्न दिएका छैनन। एउटा विमानस्थललाई घेराबन्दीमा पारिएको छ । धुर्मुस जस्तो विकासका लागि प्रेरणा र लगन भएको मानिसलाई नाम कमाउन र ब्राण्ड चलाउन भन्दै ति महिलाले लगाएको आरोप किमार्थ स्वीकार्य छैन। देश विदेशमा रहेका लाखौ नेपालीले विश्वास गरेका कलाकार माथि लगाईएको आरोप सुन्न लायक छैन। राम्रा मानिसहरुको उत्साह देश प्रेमको यसरी धज्जी उडाउनेले धुर्मुसको मात्र होईन लाखौ नेपालीहरुको आस्थामा प्रहार गरेकी छन। यो छुट उनलाई छैन। सरकारले यस्ता विकास विरोधी कलंकहरुलाई नियन्त्रण गर्नु पर्दछ। चितवनबासीले तारा प्रबृतिको प्रतिरोध गर्नु पर्दछ। करोडौ खर्च भईसकेको र छिट्टै निर्माण हुने भनिएको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला हेर्न लालायीत करोडौ नेपालीको मनोकांक्षाका विरुद्धमा बरबराउनेहरुको मुख च्यातेर कान सम्म पुर्याउन जनता नै अघि सर्नु पर्दछ। एउटा भ्रष्टाचारी भन्दा अर्को धन्धुकारी खतरनाक हुन्छ। कसैले अफवाह फैलाउनेका पछि लाग्न हुदैन। हावामा ब्रेक लगाउँदा धर्ति घर्सदैन बरु त्यही थेचारिन्छ सवैलाई चेतना भया।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ…

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित…

प्रतिकृयाहरू
...