Thursday 8th October 2026

मन त मेरो लक्का जवान’ गीत सार्वजनिक(भिडियो सहित)


तितोपाटी- फिल्म ‘लक्का जवान’को शीर्ष गीत मन त मेरो लक्का जवान सार्वजनिक गरिएको छ।

बुधबार सार्वजनिक ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा डिपी खनालको शब्द, बाबुल गिरीकाे सङ्‌गीत तथा सङ्‌गीतकार स्वयं र मिना निरौलाको स्वर सुन्न सकिन्छ।

आउँदो चैत २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बुधबार पहिलो गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा दिलिप रायमझी, प्रियंका कार्की, वर्ष शिवाकोटी, सलोन बस्नेत, अनुपमा भण्डारी, किरण केसीलगायत दर्जन बढी स्टार कलाकारहरुकोअभिनय देख्न सकिन्छ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माता सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन, र मित्र डी गुरुङको सम्पादन छ ।

हाँस्य विधामा तयार फिल्मको पहिलो गीतले दर्शक अपेक्षा बढाउने निर्माण युनिटको अपेक्षा छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...