Thursday 25th December 2025

नेपालको राजनीतिक नक्सा सार्वजनिक


नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा.डा.नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए। ‘डिजीटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेका हौं’ खनालले भने,‘यही विधिबाट नक्साङ्कन गर्दा नेपाली नक्सामा कालीनदीको मुहान स्पष्ट देखिन्छ।’

अभियानका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको र यसले विश्वव्यापि बनाउने जानकारी दिए। अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। ‘अरुको जमिन नलिने र आफ्नो जमिन अलिकति पनि नछोड्ने हाम्रो मूल सिद्धान्त हो’ संयोजक रिसालले भने ‘सार्वजनिक गरिएको नक्सा सुगौली सन्धीअनुसारको तयार भएको छ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नु परेको उनको भनाई थियो। नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले कालीनदीको मुहानसम्म नेपाल रहेको प्रमाण सुरक्षित रहेको बताए।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गर्नु परेको बताए। ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ’ उनले भने। पूर्व सचिव तथा अभियान्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकार देखि संयुक्त राष्ट्रसंघसम्म पुर्‍याईने उद्घोष गरे।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...