Monday 14th September 2026

लम्जुङ्ग सेवा समाज द्वारा दशैं–तिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


तितोपाटी- लम्जुङ्ग सेवा समाज नेपाल कुवेतले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै भेटघाट कार्यक्रम हिजो अक्टोबर ११ तारिख सुक्रवारको दिन कुवेतको सल्मियास्थित डम्पा लाउन्ज सीफोर्ड भोजनालयमा भव्यताका साथ सम्पन्न भएको छ।

संस्थापक अध्यक्ष कमल बहादुर थापाको अध्यक्षता गरिएको उक्त कार्यक्रममा संस्थापक महासचिव जगन्नाथ अधिकारी र संस्थाका सल्लाहकार यम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै संस्थाका अध्यक्ष उपाध्यक्ष दृतिय उपाध्यक्ष हरुबाट दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरीएको थियो। संस्थाका अग्रज व्यक्ति बाट टिका ग्रहण गर्दै आशिष् थाप्दै उपस्थित सम्पूर्ण ले शुभकामना साटासाट गरेका थिए।उक्त कार्यक्रममा बोल्दै संस्थाका महासचिवले प्रवासमै रहेपनि यसरी लम्जुंगेहरु एकबद्ध भएर दशै तिहार मनाउन पाउँदा अतिनै खुशी रहेको बताए।

आगामी दिनहरुमा पनि यसरीनै भाईचाराको सम्बन्ध राख्दै अगाडि बढ्नेमा जोड दिएका थिए। अध्यक्ष कमल बहादुर थापा सबैमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण लम्जुंगे सक्रिय भएर लाग्नुपर्ने र भोलिका दिनहरुमा अझ हामी एकताबद्ध भएर अगाडि बढ्नेमा जोड दिनुपर्ने बताउदै, संस्थाका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ (मिलन ) सम्पूर्णमा शुभकामना व्यक्त गर्दै हामीमा सबैभन्दा ठूलो एकता हो भन्दै भोलिका दिनहरुमा कुवेतमा छरिएर रहनुभएका सम्पूर्ण लम्जुंगे हरुलाई एकबद्ध बनाएर जागरुक हुँदै भोली भैपरी आउने समस्याहरुमा हामी एक अर्कामा सहकार्य गर्दै अगाडि बढाउनेमा जोड दिनुपर्ने बताएका थिए। साथै सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्थाका द्वितीय उपाध्यक्ष सपना थापा मगर संस्थामा महिलाको धेरै ठूलो भूमिका रहेको र हाम्रो संस्थामा महिलाको जनसंख्या कम भएको हुनाले कुवेतमा छरिएर रहेका सम्पूर्ण लम्जुंगे दिदीबहिनीहरुलाई एकबद्ध गराएर अगाडि बढाउनु पर्ने बताउदै सम्पूर्णमा शुभकामना व्यक्त गरेकी थिईन, त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार यम गुरुङ, लगायतले लमजुङ गुरुङहरूको बाहुल्यता भएको जिल्ला भएको हुनाले कुवेतमा पनि बाक्लो संख्यामा लम्जुङ्गे गुरुङहरूले कर्मथलो बनाउदै आउनु भएका र सम्पूर्ण लाई एकबद्ध बनाएर अगाडि बढ्नमा आग्रह गरेका थिए।

त्यस्तै कार्यक्रममा उपस्थित सम्पूर्णले शुभकामना आदानप्रदान गर्दै एक-अर्कामा परिचय गर्दै उपस्थित सम्पूर्णलाई कलाकारहरू सोभा तमुस्यो, बेद प्रसाद गुरुङ, र रुपा गुरुङ, द्वारा प्रस्तुत संस्कृति कार्यक्रमहरु बाट भरपुर मनोरञ्जन दिँदै गुरुङ्ग गीत लगायत अन्य गीतहरु प्रदर्शन गरिएको थियो बाक्लो संख्यामा उपस्थित लम्जुङ्गे हरुमा सेलरोटी साथै अन्य नेपाली परिकारमा रमाउँदै नाच्दै गाउँदै हर्ष उल्लासका साथ दशैं तिहार विशेष कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका छन्।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...