Saturday 19th April 2025

लुम्बिनी समाजद्वारा भागिरथ सहयोग अभियानको रकम हस्तान्तरण


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतले “भागिरथ चापागाई अभियान” बाट संकलित रकम आज स्वर्गीय भागिरथ चापागाईको परिवारलाई हस्तान्तरण गरेको छ । लुम्बिनी समाज नेपाल कुबेतका पुर्व सल्लाहाकार बिरबिक्रम सुनार, पुर्व उपाध्यक्ष अनिल ठाकुर र पुर्व सचिब सागर खड्काले चापागाईको घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा भागिरथकी बृद्ध आमा नान्नी देवी चापागाई र श्रीमती रजिता कुमारी शर्मालाई रकम हस्तान्तरण गरेको कुरा समाजका महासचिब नेत्र पेमी मगरले जानकारी गराएका छन ।
गत हप्ता मात्रै समाजका संरक्षकहरु खोप गुरुङ, राजु कार्की र राम बस्नेतको पहलमा कुवेतको नेपाली समाजका अग्रज बुद्धिजीवि, समाजसेवी संघ सस्थाका प्रतिनिधि पत्रकार लगायतको विशेश भेलाले स्वर्गीय भागिरथ चापागाई सहयोग अभियान मार्फत संकलित रकम उनकै श्रीमती र आमाको नाममा पठाउने निर्णय गरेको थियो ।
कुबेतमा सडक दुर्घटनामा परि धन्नै २९ महिना देखि आदान अस्पतालमा उपचाररत नवलपरासी जिल्ला बर्दघाट निबासी भागिरथ चापागाईको जुलाई पहिलो हप्ता निधन भएको थियो । कुबेतमा संकलित रकम मध्ये ३६४२ केडी ५०० फिल्स मध्ये भागिरथको निधन पछि उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकटको लागि ८९ केडी , शव नेपाल पठाउन ३५० केडी र नेपालमा शवलाइ अन्तिम संस्कार गर्न २७७ केडी ८१० फिल्स गरि ७१६ केडी ८१० फिल्स कटाएर बाँकी रहेको २९२५ केडी ६९० फिल्स मृतककी श्रीमती रजिता कुमारी शर्माको नाममा ५२९४६४(पाँच लाख उन्त्तिस हजार चार सय चौसठ्ठी) र उनकी आमा नान्नी देवी चापागाईको नाममा ५२९९४१ (पाँच लाख उन्त्तिस हजार नौ सय एकचालीस) पठाईएको समाजका कार्यबाहक अध्यक्ष रमेश नेपाली जानकारी दिएका छन । कुबेतबाट उक्त रकम समाजका संरक्षक राजु कार्कीले पठाएका थिए । परिवारलाई रकम हस्तान्तरण गरे संगै लुम्बिनी समाज नेपाल कुबेतले संचालन गरेको भागिरथ चापागाई अभियान पूर्ण रुपले अन्त्य भएको छ भने लुम्बिनी समाज नेपाल कुवेतले एक विज्ञप्ति जारी गरि भागिरथ चापागाइ  सहयोग अभियान संचालन गर्ने संस्थाका तत्कालिन महासचिव तथा निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमाल लगायत अभियान सफल पार्न अा-अाफ्नो क्षेत्रबाट अार्थिक, भाैतिक, नैतिक सहयोग गर्ने सहयोगदाताहरूलाइ धन्यवाद दिंदै समन्वयकारी भूमिका निर्वाह गरि दर्घटना पश्चात उपाचारर्थ रहेको अबस्थामा नेपाल लैजाने प्रयाश देखि मृत्यु पश्चात शब नेपाल लैजाने सम्मको कागजी प्रकृया पुरा गरिदिने नेपाली राजदूतावास कुवेत प्रति अाभार प्रकट गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...