Sunday 28th December 2025

गायक सुन्दर परियारको “परदेशी घर फर्कने कहिले हो…” युटुबमा सार्वजनिक


तितोपाटी – गायक सुन्दर परियार र रूपा दाहालको स्वर रहेको “परदेशी घर फर्कने कहिले हो…” बोलको मार्मीक गीत युटुबमार्फत  सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अाठाैं गीति एल्बम हो  भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको अाफ्नै युटुब च्यानल सुन्दर परियार बाट सार्वजनिक भएको हो ।

गायक स्वयंको शब्द संकलन र संगीत रहेको म्युजिक भिडियो “परदेशी घर फर्कने कहिले हो…” मा युगल गायनमा रूपा दाहालले साथ दिएकी छन् भने यतिखेरका निकै चर्चित मोडल बिमल अधिकारी र सम्झना कंडेलको अाम प्रवाशि श्रमिकले  भोग्न परेको पीडाको जिवन्त अभिनय रहेको छ  भने म्युजिक एरेन्जमन्ट रामचन्द्र चन्दले गरेका छन् ।

गुरूअामा फिल्मस् प्रा. लि. को प्रस्तुतिमा स्मृति तिमिल्सिना “गूरूअामा” को निर्देशन र प्रकाश धमलाको सम्पादनमा निर्माण भएको उक्त म्युजिक भिडियोको  शब्द, संगीत र गायनमा गायकले गीतलाइ न्याय दिन सफल भएका छन् । गायन, शब्द र संगीतका त्रिबेणी बनेका परियार छिट्टै नै वालिङ तरेसी, दशैं तिहार जस्ता एकल लोकगीत ल्याउने तयारीमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...