Wednesday 25th March 2026

विदेशबाट फर्किदा २५० ग्राम बराबरको सुनको गहना लैजान सकिने


तितोपाटी – नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ अनुसार विदेशमा बसेर स्वदेश फर्कने नेपालीहरूले अब देखि भन्सार तिरेर १०० ग्राम सम्म काँचो सुन र २५० ग्राम सम्मको सुनका गहना स्वदेश भित्र्याउन पाउने भएका छन् । आर्थिक विधेयक २०७६ ले गरेको बयवस्था अनुसार ५० ग्राम सम्मका सुनका गहनामा भन्सार लाग्ने छैन भने त्यस बाहेकको गहना तथा काँचो सुनमा विभिन्न दरमा भन्सार शुल्क लाग्ने छ ।

१ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने

काठमाडौं : सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएको छ। अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएको हो। आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो।

सुनका गहना करिब २५ तोलासम्म

अब दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइने छ। ५० ग्रामसम्म सुनका गहना ल्याउदा शुल्क लाग्दैन। थप एक सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ।

काँचो सुन १० तोलासम्म

सय ग्राम (करिब १० तोला) सम्म काँचो सुन ल्याउन पाइने भएको छ। पचास ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ भन्सार लाग्ने छ। बाँकी पचास ग्रामको प्रती १० ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्ने आर्थिक विधेयकमा उल्लेख छ।

विदेशीको हकमा धरौटी राख्नुपर्ने

विदेशीले नेपालमा सुनका गहना भित्र्याउदा गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ। तर उक्त गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्र्याउन मिल्छ। फिर्ता लैजादा धरौटी फिर्ता हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट थियो। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...