Saturday 28th September 2024

मेगा स्टार राजेश पायल राइ कुवेतमा, कुवेतवासी नेपालीद्वारा भव्य स्वागत


कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा

तितोपाटी – नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका – ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि अाज साँझ कुवेत अाइपुगेका छन् । “राइ इज किङ” उपनामले चिनिएका राइ यस अघि पनि कुवेत अाएर अाफ्नो सांगितिक प्रस्तुति मार्फत कुवेतवासी नेपालीलाइ मनोरन्जन प्रदान गरि सकेका ख्यातिप्राप्त कलाकार हुन भने कुवेतवासी नेपालीहरूले अत्यन्त रूचाइएका राइ कुवेतवासीकै रोजाइमा पुनः कुवेत अाएका हुन ।

केहि दिन अघि मात्रै इजरायलमा भव्य सांगितिक प्रस्तुति दिएर उनी अाजै साँझ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन भने उनलाइ सांगितिक कार्यक्रम अायोजक सँस्था सरोकार समाज कुवेतका पदाधिकारीहरू, कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारीहरू तथा प्रतिनीधिहरू, मिडियाकर्मीहरू, समाजसेवी, वुद्धिजीवि तथा कुवेतको नेपाली समाजमा कृयाशिल सामाजिक अभियन्ताहरूले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामुहिक रूपमा पुष्प गुच्छा र खादा ओढाएर भव्य स्वागत गरेका थिए ।

राइले अाफ्नो सांगितिक कन्सर्ट पर्सि शुक्रबार जलिब स्थित नटिंघम ब्रिटिश स्कुलमा कुवेतवासी नेपाली दर्शकहरू माझ भव्य रूपमा प्रस्तुत गर्नेछन् भने यस अघिका सांगितिक कार्यक्रममा जस्तै यस पटकको कार्यक्रममा पनि कुवेतवासी सम्पुर्ण नेपलाीहरूलाइ भरपुर सांगितिक मनोरञ्जन प्रदान गर्ने जनाउँदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई १९ अप्रिलको कार्यक्रम हेर्न अाउनको लागि निमन्त्रणा समेत गरेका छन् ।

स्मरण रहोस, नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखि नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध हुँदै  एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले यो भन्दा पहिले पनि अतिथि कलाकार गायक डम्बर नेपाली, बिजय लामा, गायिका सावित्री जोशी, ज्योति मगरको साथमा भब्य सांगीतिक  कार्यक्रमहरु गरी सकेको छ । यस पटक पनि मेगा स्टार राई इच किङ्स राजेश पायल राईको साथमा  साँस्कृतिक कार्यक्रम गर्ने भएको हो।

कार्यक्रमको विवरण

मितिः १९ अप्रिल २०१९
स्थानः नटिंघम ब्रिटिस स्कुल, जलिब
समयः बिहान ११ बजे
आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...