Friday 15th May 2026

मोना कुवेतद्वारा २२ वर्षदेखि कुवेतमा कार्यरत चम बहादुर रन्तिजाको उद्धार


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ ।

बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही समय पहिले कार्यस्थल मै अचानक बेहोस भइ ढलेका चम बहादुरले फर्वानिया अस्पतालमा २१ दिन उपचार गराएका थिए । उनी एक्कासि रक्तचापको कारण कार्यस्थल मै ढलेका थिए । उनले केही समय पहिले पेटको सल्यक्रिया गरि ३ वटा पत्थरी पनि निकालेका थिए । उनको दुबै मृगौलामा पनि समस्या देखिएको डाक्टरले बताएका छन ।

उनले कुवेत स्थित खैतानको एक  रेस्टुरेन्टमा काम गर्दै आएका थिए । उनले झन्डै पाँच महिना देखि तलब पनि पाएका थिएनन् । उनले बारम्बार रेस्टुरेन्टका साहु लाई आफुले पाउनु पर्ने तलबको माग गर्दा पनि नदिएको र घर जान्छु भन्दा पनि जान नदिएको बताए । उनले काम गर्ने रेस्टुरेन्ट बाट एक महिना देखिको अथक प्रयास पश्चात् ४ महिना २० दिनको तलब र पासपोर्ट उनलाई उपलब्ध गराएको मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्माले तितोपाटी लाई बताए ।

तितोपाटी तथा कोसेली न्युजको फेसबुक पेजबाट प्रसारण भएको भिडियो पश्चात् मोना कुवेतले उनको उद्धार कार्यमा निरन्तरता दिइ रहेको थियो । कुवेतमा २२ वर्ष देखि कार्यरत हुँदा पनि नेपाली साथीहरु संग खासै सम्पर्क हुन नसक्दा आफुले धेरै दुख पाउनु परेको बताएका थिए । उनले लामो समय सम्म बङ्गालि साथीहरू संग काम गरेको हुनाले आफ्नो नेपाली भाषा समेत भुलेका छन । मोना कुवेतका कृष्ण बहादुर खड्का, मन बहादुर फगामी र पत्रकार चन्द्र बिश्वकर्माले उनलाई एयरपोर्ट  सम्म पुर्याउन गएका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...