Tuesday 22nd September 2026

नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित कुवेतको सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त अबसरमा जम्मा १०२ जना रक्तदाताले स्वास्फुर्त रूपमा रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली दूतावास कुवेतका काउन्सिलर सुजनी राना, द्वितीय सचिव तथा सूचना अधिकारी शिव बानियाँ, नेपाल पत्रकार महासंघका पूर्व महासचिव रोशन पुरी, महासंघ वैदेशिक शाखा यूएईका अध्यक्ष मेघराज सापकोटा, एनआरएनए कुवेतका अध्यक्षद्वय दिलकुमार पाख्रिन र विकास सिंह ठकुरी लगायत विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थापना दिवसको अवसरमा महासंघले यस वर्ष तेस्रो रक्तदान कार्यक्रम र चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण समारोह आयोजना गरेको हो। विगतमा महासंघले ‘विदेश विमर्श’ तथा श्रमिक सचेतनासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

कार्यक्रममा बोल्दै राजदूत लम्साल तथा अन्य अतिथिहरूले प्रवासमा रहेर निष्पक्ष, जिम्मेवार र सत्यतथ्य पत्रकारितामार्फत नेपाली समुदायको आवाज उठाउन महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। साथै, रक्तदानजस्ता मानवीय अभियानले सामाजिक एकता र सेवाभावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक दीपेन्द्र निरौलाले सहभागी, रक्तदाता तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको उक्त कार्यक्रममा अल मुजैनी एक्सचेन्ज मुख्य प्रायोजक रहेको थियो भने डीबी कलेक्सन, डाम्पा चौतारी, रोयल गाउँले लगायतका संस्थाहरूले सहयोग गरेका थिए। समापनका अवसरमा शाखाका अध्यक्ष एकराज मल्लले सम्पूर्ण सहयोगी संस्था, दूतावास, सञ्चारकर्मी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...