Thursday 19th November 2026

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको ब्रोड पिक हिमपहिरोमा परि निधन


नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको छ। पुर्जाको कम्पनी एलाइट एक्स्पेडिसनले साउन १६ गते निधनको पुष्टि गरेको छ।

हिमपहिरोमा पुर्जासहित उनका आरोहण साझेदार पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पाको पनि निधन भएको छ।

पुर्जाले सन् २०१९ मा १४ वटा चुचुरो आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल केवल ६ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

उनी बेलायती विशेष सैन्य बलका पूर्वसदस्य समेत रहेकाले पर्वतारोहण क्षेत्रमा विशेष पहिचान बनाएका थिए। ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ वृत्तचित्रमार्फत विश्व चर्चामा आएका उनले नेपाली पर्वतारोहीहरूको नेतृत्व र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएका थिए।

अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेपछि प्रतिकूल मौसमका कारण उद्धार अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भएको थियो।

ब्रोड पिक (८,०४७ मिटर) विश्वको १२औँ अग्लो हिमाल हो, जसलाई कठिन आरोहण मार्ग र हिमपहिरोको जोखिमका कारण खतरनाक मानिन्छ।


सम्बन्धित शीर्षकहरु

१८ नोभेम्बर २०२६ | मध्यपूर्व / मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। इरानको केश्म टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण…

-गोबिन्द राज ओझा (राजन ) अनन्त आकाशबीच चम्किने ताराका ज्योति हौँ हामी सबै, प्रकृतिका कणकणभित्र लुकेको चेतनाका मोती हौँ हामी…

कुवेतमा आयोजनामा हुन गइरहेको प्रथम मुजैनी–पूर्वेली टाइगर गोल्ड कप २०२६ फुटबल पर्व–मेला को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको…

प्रतिकृयाहरू
...