Tuesday 22nd September 2026

खोटाङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा


खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव आगामी सेप्टेम्बर २५, २०२६ (२०८३ असोज ९ गते शुक्रबार) नेपालबाट अतिथि कलाकार कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ।

कुवेतको साल्मिया स्थित एसियन नेपाली रेस्टुरेन्टमा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा गत शुक्रबार १७ जुलाइका दिन सम्पन्न २६औं मासिक बैठकले सर्वसम्मत रूपमा उक्त मितिमा अधिवेशन तथा वार्षिकोत्सव आयोजना गर्ने निर्णय गरेको हो।

संस्थाका अनुसार कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ भने कार्यक्रम स्थल तथा नेपालबाट आउने अतिथि कलाकारको जानकारी पछि सार्वजनिक गरिनेछ।

यस अवसरमा खोटाङ कुवेत सम्पर्क मञ्चले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्थाहरूलाई सोही दिन अन्य कार्यक्रम नजुधाई सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। साथै, कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन पनि आग्रह गरेको छ।

मञ्चले वार्षिकोत्सव तथा अधिवेशनलाई कुवेतस्थित नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाइने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...