Tuesday 22nd September 2026

कुवेतमा अबदेखि निजी स्वास्थ्य सेवामा पनि १० केडी माथीको कारोबारमा नगद भुक्तानी लिन नपाइने


कुवेतको उद्योग तथा वाणिज्य मन्त्रालयले निजी स्वास्थ्य सेवा संस्थाहरूमा १० कुवेती दिनारभन्दा बढी नगद कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यो निर्णय सोमबारदेखि लागू भएको छ।

नयाँ नियमअनुसार, स्वास्थ्य मन्त्रालयबाट इजाजतप्राप्त निजी अस्पताल, मेडिकल सेन्टर, क्लिनिक, होम हेल्थकेयर सेवा प्रदायक तथा अन्य स्वास्थ्य संस्थाहरूले १० केडी भन्दा बढीको भुक्तानी केवल बैंकिङ वा कुवेतको केन्द्रीय बैंकले स्वीकृत गरेको विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र लिनुपर्नेछ।

मन्त्रालयले नियम उल्लंघन गर्ने संस्थामाथि संस्था बन्द गर्ने तथा कानुनी कारबाहीका लागि सम्बन्धित अनुसन्धान निकायमा पठाउने चेतावनी दिएको छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...