Saturday 24th October 2026

कुवेतमा इरानी मिसाइल र ड्रोन आक्रमणपछि उडान स्थगित


कुवेतले बुधबार हवाई यातायात स्थगित गरेको छ, किनकि इरानी मिसाइल र ड्रोन आक्रमणले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ मा प्रहार गर्दा मानविय क्षति र विमानस्थलका संरचनामा क्षति भएको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले जनाएको छ।

DGCA का प्रवक्ता अब्दुल्लाह अल–राजीले आक्रमणपछि विमानस्थलको आपतकालीन योजना सक्रिय गरिएको र यात्रु तथा कर्मचारीहरूको सुरक्षालाई सुनिश्चित गर्न तथा विमानस्थलको संरचना सुरक्षित राख्न सुरक्षा तथा प्राविधिक उपायहरू लागू गरिएके बताए।

अल–राजीका अनुसार अर्को सूचना नआएसम्म हवाई यातायात स्थगित गरिएको छ र उडानहरू नजिकका वैकल्पिक विमानस्थलतर्फ मोडिएको छ। उनले थपे कि क्षतिको मूल्याङ्कन र आवश्यक मर्मत कार्य पूरा नहालसम्म यो स्थगन जारी रहनेछ।
प्राविधिक टोलीहरूले क्षतिको स्तर मूल्याङ्कन गरिरहेका छन् र त्यसपछि मर्मत कार्य सुरु गरिने उनले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...