Sunday 6th September 2026

जन सम्पर्क समितिका संरक्षक राजेन्द्र विरहीको नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहजीकरण


जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका विरहीले मिडियासँगको कुराकानीमा अहिलेको विषम् परिस्थितिमा एक नेपाली महिला श्रमिक काम गर्न असमर्थ भएर स्वदेश फर्कन पर्ने अबस्था अाएपछि पीडितलाइ स्वदेश पठाउन सहजीकरण गरेको बताएका हुन् ।

संरक्षक विरहीका अनुसार करिब ३ महिना अघि मात्रै व्यक्तिगत प्रयासमा घरेलु कामदारको रूपमा कुवेतमा काम गर्न अाएकी भानु नगरपालिका(४ तनहुँकी ज्योती परियार शारीरिक अस्वस्थताको कारण काम गर्न नसक्ने अबस्थामा पुगेपछि पीडितको परिवारले नेपालबाट विरहीलाइ उद्दारको लागि सहजीकरण गरी दिन अनुरोध गरेको थियो ।

अमेरिका-इजरायल तथा इरान युद्धको कारण कुवेतबाट सिधा हवाइसेवा रोकिएको तथा कुवेत अाएको ३ महिनामै स्वदेश फर्कनु पर्ने भएकोले रोजगारदाताबाट कुनै सहयोग नपाइने भएपछि संरक्षक विरहीले नेपाली राजदूतावाससँग समन्वय गरि साउदी अरेबियाको ट्रान्जिट भिसा स्वीकृत गराइ कुवेतबाट बसमार्फत साउदी अरेबिया र साउदी अरेबियाबाट हवाइसेवा मार्फत काठमाडाैं जान सहजीकरण गरेका हुन् ।

लामो समयदेखि मानविय सेवा र उद्दारका कार्यमा सकृय विरहीले अहिलेको संकटकालिन समयमा असहज अबस्थामा रहेका श्रमिकलाइ स्वदेश फर्कने कार्यमा सहजीकरण गरिदिएकोमा दूतावास परिवारलाइ धन्यवाद दिएका छन् । निज महिला श्रमिक अागामी १४ अप्रिलको जजिरा एयरको उडान मार्फत नेपाल जाने र १५ अप्रिलका दिन काठमाणाैंमा अवतरण गर्नेछिन् । यस विषयमा घर परिवारलाइ जानकारी दिइसकिएको पनि विरहीले बताए ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

प्रतिकृयाहरू
...