Tuesday 15th September 2026

युवा शक्ति कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी नोभेम्बर १४ मा हुँदै


“युवा शक्ति कुवेत” को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक आन्दोलन लगत्तै कुवेतमा तदर्थ समितिको रूपमा गठन भएको युवा शक्ति कुवेतले प्रथम अधिवेशन कुवेतकाे फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा आयोजना गर्न लागेको कार्यक्रम संयोजक महेश लामाले जानकारी दिएका हुन् ।

“सके राम्रो गरौँ नसके नराम्रो नगरौं” तथा “परिवर्तनका लागि यूवा” भन्ने मुल नाराको साथ गठन भएको युवा शक्ति कुवेत नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाको रूपमा प्रवासी नेपाली युवाहरूको व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र एकताको सन्देशका साथ अघि बढ्न लागेको बताउँदै सामाजिक मनका इच्छुक जो कोही पनि युवा यस संस्थामा अावद्द हुन सक्ने संयोजक लामाले बताए।

यसअघि नै रक्तदान जस्तो पुनीत परोपकारी कार्यहरू गरेर सामाजिक सेवाको यथार्थ उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवा शक्ति कुवेतले अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशा तर्फ जाने बताउँदै कुवेतभरिका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने युवाहरूको उल्लेखनीय उपस्थिति रहने अधिवेशनमा नयाँ कार्यसमिति चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

आयोजकले उक्त कार्यक्रमका लागि छिट्टै पत्राचार गरिने बताउँदै यसै समाचारलाइ अाधार मानी अन्य कुनै कार्यक्रम नजुधाइदिन कुवेतस्थित संघ संस्थाहरूलाइ अनुरोध गर्दै अधिवेशन कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्ने चाैतर्फी साथ सहयोगको अपेक्षा गरेको जनाएको छ ।

कार्यक्रमकाे विवरण
मिति: नोभेम्बर १४, २०२५ शुक्रबार ।
स्थान: शेफ नाैसाद सिग्नेचर रेस्टुरेन्ट फर्वानिया ।
समय: बिहानको ११ बजे देखि।
सम्पर्क:नम्बर 51080935 / 97815771/ 69970058/67005937


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...