Sunday 25th October 2026

झापाली समाज कुवेतको छैटाैं अधिवेशन आगामी ११ जुलाइमा हुने


कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो छैटौ महाअधिवेशन गर्ने भनी निर्णय गरेको हो, भन्दै संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिएका छन ।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा र कुवेतमा रहेका झापाली वा गैर झापालीहरुलाई सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले छ ।

उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली, गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ ।

मिति : ११ जुलाई २०२५ शुक्रबार ।
समय : दिनको ठिक ०१ बजे ।
स्थान : डिलाईट हल मंगाफ, ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९ ।

झापाली समाज कुवेत ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...