Thursday 24th September 2026

झापाली समाज कुवेतको छैटाैं अधिवेशन आगामी ११ जुलाइमा हुने


कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो छैटौ महाअधिवेशन गर्ने भनी निर्णय गरेको हो, भन्दै संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिएका छन ।

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा र कुवेतमा रहेका झापाली वा गैर झापालीहरुलाई सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले छ ।

उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली, गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भैइ दिनु हुन लागि अनुरोध गरेको छ ।

मिति : ११ जुलाई २०२५ शुक्रबार ।
समय : दिनको ठिक ०१ बजे ।
स्थान : डिलाईट हल मंगाफ, ब्लक ४, रोड नं. ४०, बिल्डिङ्ग नं. १९९ ।

झापाली समाज कुवेत ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...