Sunday 25th October 2026

कुवेतमा छायांकन गरिएको “माया” गीत सार्वजनिक


कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन कार्य निरेम प्रोडक्सन र काम चलाउ स्टुडियो कुवेतको सहकार्यमा सम्पन्न गरिएको हो। भिडियोमा अर्जुन गुरागाईं, सिमा गुरुङ, सुवोध गिरी, किरण राई, रेनु र एन्जल लिम्बु जस्ता कलाकारहरूले अभिनय गरेका छन्, जसले गीतको भावनात्मक गहिराइलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।

गीतमा स्वर र अभिनय दुबै अर्जुन गुरागाईं को रहेको छ। शब्द ऋतेश गुरागाईं, संगीत बिकेश साउदेन, गितार एरेञ्जमेन्ट मनोज मोहते तथा मिक्सिङ/मास्टरिङ डम्बर लिम्बु द्वारा गरिएको हो। रेकर्डिङको सम्पूर्ण प्रक्रिया काम चलाउ स्टुडियो, कुवेत मा सम्पन्न भएको हो।

गायक अर्जुन गुरागाईंले यो सिर्जनात्मक यात्रामा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गर्दै यस प्रकारको कामले विदेशमा रहेर पनि नेपाली कला र संस्कृतिप्रति समर्पणलाई झल्काउँछ भन्ने उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...