Sunday 16th August 2026

कुवेतमा छायांकन गरिएको “माया” गीत सार्वजनिक


कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन कार्य निरेम प्रोडक्सन र काम चलाउ स्टुडियो कुवेतको सहकार्यमा सम्पन्न गरिएको हो। भिडियोमा अर्जुन गुरागाईं, सिमा गुरुङ, सुवोध गिरी, किरण राई, रेनु र एन्जल लिम्बु जस्ता कलाकारहरूले अभिनय गरेका छन्, जसले गीतको भावनात्मक गहिराइलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।

गीतमा स्वर र अभिनय दुबै अर्जुन गुरागाईं को रहेको छ। शब्द ऋतेश गुरागाईं, संगीत बिकेश साउदेन, गितार एरेञ्जमेन्ट मनोज मोहते तथा मिक्सिङ/मास्टरिङ डम्बर लिम्बु द्वारा गरिएको हो। रेकर्डिङको सम्पूर्ण प्रक्रिया काम चलाउ स्टुडियो, कुवेत मा सम्पन्न भएको हो।

गायक अर्जुन गुरागाईंले यो सिर्जनात्मक यात्रामा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गर्दै यस प्रकारको कामले विदेशमा रहेर पनि नेपाली कला र संस्कृतिप्रति समर्पणलाई झल्काउँछ भन्ने उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...