Sunday 18th October 2026

एनआरएनए निर्वाचन समितिद्वारा मतदाता नामावली प्रकाशन


एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचनका लागि पहिलो लिस्टमा ६२५ जनाको मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका नामावली प्रकाशित गर्दै थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ।
सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) मा काठमाडौँमा महाधिवेशन गरी नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ। जसको सदस्य सचिव अधिबक्ता लेखत बहादुर खड्का रहेका छन


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...