Thursday 8th October 2026

“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनीलाई


“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनी समाजको पोल्टामा गएको छ । प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिए । लगातारको साविक विजेता कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान हासिल गरेको छ भने निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि नेपाल राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल थिए भने विशेष अतिथिमा भुटानी राजदूत चितेम तेनजिनको उपस्थिति रहेको थियो। कार्यक्रममा दुवै देशका दूतावास परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

कुवेतको भलिबल इतिहासमा सबैभन्दा ठूलो धनराशिको पुरस्कार प्रदान गरिएको यस प्रतियोगिताको लागि लुम्बिनी समाजले भलिबल प्रतियोगिता जित्नको लागि युएइबाट करारमा खेलाडी ल्याएर मजबुत टिम बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...