Friday 16th May 2025

कुवेतमा आगामी ७ जुनमा उभौली चाड गायक अनिल कोयी राईको साथमा मनाउने


सदाको वर्षहरुझै यो वर्षपनि तीन किराती हरुले संयुक्त रुपमा सँगीतकार तथा गायक अनिल कोयी राईको साथमा किरातिहरुको महान चाड यक्वा तङ्नाम,साकेला उभौली,सालिवा स्यादर पिदार सुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०२४ गर्ने भएका छन् ।
कार्यक्रमको संयोजन किरात याक्थुङ चुम्लुङ्ग कुवेतले गरिरहेको छ । यस सांस्कृतिक कार्यक्रममा आयोजक संस्थाहरुको सांस्कृतिक नृत्य तथा गायन हरु प्रस्तुत हुनका साथै सुभकामना आदान प्रदान गरिनेछ । साथै अतिथि कलाकार सँगीतकार तथा गायक अनिल कोयी राईको प्रस्तुति बेजोड प्रस्तुति रहेनछ । खैतान स्थित राजधानी प्यालेस मा जुन ०७ तारीख बिहान ११ बजे कार्यक्रम सुचारु हुनेछ। ।
कार्यक्रम पूर्ण रुपमा निःशुल्क रहेको छ । सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउनु को साथै मनोरञ्जक लिनु हुन तिन किराती संस्था हरु ( किरात याक्थुङ् चुम्लुङ, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेत) हार्दिक अनुरोध गर्दछ ।
स्थान – राजधानी प्यालेस खैतान
समय – बिहानको ११:०० बजे बाट

सुरेन्द्र कुमार पंधाक
सचिव – किरात याक्थुङ चुम्लुङ प्रवास कार्यसमिति कुवेत


सम्बन्धित शीर्षकहरु

अन्तरिक्ष प्रविधि र लेजर सञ्चारको लागि उल्लेखनीय फड्को मार्दै, चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले पृथ्वीबाट उच्च-शक्तियुक्त इन्फ्रारेड लेजर प्रयोग गरेर चन्द्रमाको…

जेनेभा: डाक्टर्स विदाउट बोर्डर्सले बुधबार गाजामा "जानाजानी मानवीय विपत्ति" सिर्जना गरेकोमा इजरायलको आलोचना गर्‍यो र प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनमा सहायतालाई सर्तबद्ध…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

प्रतिकृयाहरू
...