Thursday 25th June 2026

जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन केन्द्रिय नेताको उपस्थितिमा जुन ७ मा हुने


तीतोपाटी – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयाेजना हुने भएको छ । मञ्चकाे अाज १९ अप्रिल २०२४ शुक्रबारका दिन बसेको बैठकले नेपालबाट केन्द्रिय नेतालाइ अतिथिको रूपमा कुवेतमा ल्याइ अधिवेशनघ सम्पन्न गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् ।

मञ्चको पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न गर्न अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्यक्रमको तयारी गर्ने निर्णय गर्दै कुवेतमा कार्यरत सम्पुर्ण श्रमिक साथीहरूलाइ सम्पर्कमा अाउन पनि मञ्चले आह्वान गरेको छ । नेपालबाट आउने केन्द्रिय नेता तथा कार्यक्रम सम्पन्न गर्ने हलको तय नभइ सकेको बतउँदै केन्द्रिय प्रतिनीधि र हलको तय भएपछि जानकारी गराउने पनि अध्यक्ष मगरले बताएका छन् ।

मञ्चले पाँचाै राष्ट्रिय अधिवेशनलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ मञ्चको पाँचाै राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ ।

“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०११ मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै कुवेतमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन ।
मितिः ७ जुन २०२४ शुक्रबार ।
स्थानः तय नभइसकेको
समयः दिनको ठिक ११ बजे ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...