Sunday 28th April 2024

झापाली समाज कुवेतको पाचौँ महाअधिवेशन सम्पन्न अध्यक्ष मा राजु धिमाल चयन


झापाली समाज कुवेतको पाचौँ महाअधिवेशन सम्पन्न भएको छ । कुवेतको कवड स्थित रमणीय स्थलमा भव्यरूपमा ८ मार्च शुक्रबारका दिन सम्पन्न पाचौँ महाअधिवेशनले २०२४–२०२६ कार्यकालको लागि राजु धिमालको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ ।
समाजका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद तिम्सीनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामाहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल, गैर आवासीय नेपाली संघ कुवेतका उपाध्यक्ष दामोदर बटला, पत्रकार जय नारायण थारुको विशेषआतिथ्यता तथा कुवेतको नेपाली समाजमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरू, पत्रकारहरू, समाजसेवी, वुद्धिजीवि लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा झापाली तथा गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।
कुवेतमा रहेका झापालीहरुको साझा संगठन “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतको पाचौँ महाअधिवेशन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत लम्सालले यहाँहरुको नारा नै काफी छ, प्रवासमा छरिएर रहेका दाजुभाई दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्नु आफैंमा शक्तिमा परिणत हुनु हो, भन्दै यसको सदुपयोग गर्दै सबैलाई सहयोग गर्दै अघि बढ्न तथा कसैलाइ पनि गलत कृयाकलामा लाग्न नदिन रगर्न हुने र नहुने काम कुराहरू बारेमा पनि खास गरे कुवेत आउने नयाँ दाजुभाई दिदीबहिनिहरूलाई सचेत गराउन आग्रह गर्दै झापा जिल्ला अरू जिल्लाको तुलनामा स्वास्थ्य, शिक्षा तथा विकासमा अगाडि रहेको बताउँदै अन्तर्राष्ट्रय रूपमा फैलिएको झापालीहरूको नेटवर्कले झापा र झापालीको लागि मात्र नभएर सम्पुणर् नेपालीको भलाइको लागि र सबैलाइ सहयोग गरेर निरन्तर अगाडि बढ्न सल्लाह दिंदै नेपाली समाजमा हुने सबै राम्रा कामहरूलाइ दूतावासको तर्फ सहयोग रहने बताए ।
अधिवेशन कार्यक्रममा एनआरएनए कुवेतका उपाध्यक्ष दामोदर बटला , पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल , पत्रकार जय नारायण थारु लगायतले शुभकामना मन्तव्य दिएका थिए भने शुभकामना मन्तव्य दिने वक्ताहरूले हामी पनि झापाली समाज स्थापना काल देखि नै झापाली समाजले गरेका राम्रा कार्यहरूको सराहना गर्दै झापा जिल्लाको विकास र झापाली दाजुभाई दिदीबहिनीहरूलाई आपत विपत पर्दा सहयोग गर्ने कार्यला निरन्तरता दिन आग्रह गर्दै सामाजिक र मानविय सेवाका कार्यमा सदा हातेमालो र सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

राष्ट्रिय गान बाट शुरू गरिएको समारोहमा उपस्थिती सम्पूर्णलाई ध्रुबकुमार संग्रौलाले स्वागत गर्दै, सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि द्रारा सयुक्त रुपमा पानसमा दीप प्रज़्लन गरेको समारोहलाई कुशल कार्यक्रम संचालक भुवन सुवेदीको संचालनमा सम्पन्न महाअधिवेशन समारोहमा स्थापना काल देखि समाजलाई विशेष योगदान दिएका लोमस वास्तोला, छत्र कार्की, गोबिन्द न्यौपाने र छबिमाया पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्दै , आजीवन सदस्य राम न्यौपानेलाई आजीवन प्रमाण पत्र हस्तात्राण गरिएको थियो भने पाचौँ महाअधिवेशन समारोहका सभाध्यक्ष गोविन्द प्रसाद तिम्सीनाले महाअधिवेशन सम्पन्न गर्न प्रत्यक्ष / अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिंदै कुवेतमा रहेका झापालीहरुको साझा संगठन “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आईरहेको र अहिले सम्म विवादरहित ढंगले चल्दै आएको बताउँदै नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ कुवेत, पत्रकार महासघ कुवेत शाखा र कुवेतमा रहेका अन्य संघ संस्थाहरु संग आगामि दिनमा पनि सबैसँग हातेमालो र सहकर्य गरेर अघि बढ्ने बताउँदै उद्घाटन सत्रलाइ समापन गरेका थिए भने निर्वाचन समितिको तर्फबाट संयोजक लोमस वास्तोलाले समाजको नीति नियम, बिधान आचार सहिंतामा रही समाजलाई अझ स-सक्त रुपमा समाजलाई अगाडि लैजान सबैलाई अनुरोध गर्दै सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्य समितिको नामावली घोषणा गरेर अधिवेशन सम्पन्नभएको थियो ।

पाचौ महाधिवेशन बाट २०२४ – २०२६ का लागि नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ :-
कार्यसमितिहरुको नामावली :-
अध्यक्ष – राजू धिमाल
उपाध्यक्ष – लीला पाण्डे
उपाध्यक्ष – प्रेम कार्की
महिला उपाध्यक्ष – छबिमाया पौडेल
महासचिब – राम न्यौपाने
सचिब – गोबिन्द न्यौपाने
कोषाध्यक्ष – गोबिन्द कार्की
सह-कोषाध्यक्ष – राजिब बान्तवा राई

सदस्यहरु
छत्र कार्की
भुवन सुवेदी
धुर्व कुमार सङ्गौला (कुमार झापाली)
सुजता बस्नेत
कल्पना कार्की
सुनीता चूड़ाल
उमा देबी दर्जी
नारायण भट्टराई
अम्बिका थापा
नबीन धीमाल
सितादेवी भण्डारी
कृष्ण बहादुर राउत
नवीन बिमली


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...