Friday 25th September 2026

विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार पपिन्स हलमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने


तीतोपाटी – विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार ८ मार्च २०२४ का दिन कुवेतको अब्बासिय स्थित पपिन्स हलमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ । सो कुरा विश्व हिन्दु महासंघ कुवेतका प्रमुख टिकाराम आचार्यले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् ।

केही वर्ष यतादेखि कुवेतमा रहेका वैदिक सनतन धर्माबलम्बी साथीहरू एकतृत भइ एक आपसमा वैदिक संस्कार संरक्षणको पक्षमा लाग्नु पर्छ भनेर बैठकहरू गरेपनि अाैपचारिक रूपमा प्रवासको कार्य व्यस्तताले कुनै पनि कृयाकलाप गर्न नसकिएकोमा यस पटक महाशिवरात्री पर्व भजन, किर्तन, तथा शिव आराधना गरेर मनउन लागिएको प्रमुख आचार्यले बताए ।

महाशिवरात्री पर्व वैदिक सनातनवादीहरूको मात्र नभएर सबै नेपालीहरूले मनाउने गरेको पर्व भएकोले कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाइ महाशिवरात्री कार्यक्रममा उपस्थित भइ सांस्कृतिक पक्षको रसास्वादन गर्न चुल्है निमन्त्रणा गर्दै संघ संस्थाका पदाधिकारीहरूलाइ आफु स्वयंले निमन्त्रणा गरिसकेको बताउँदै यदि कोही कसैले निमन्त्रणा प्राप्त नगरेको भएमा यसै समाचारलाइ आधार मानी कार्यक्रममा उपस्थित भइदिन कुवेतवासी सम्पुर्ण नेपालीहरूमा प्रमुख आचार्यले अनुरोध गरेका छन् ।

काययक्रम हुने मिति, समय र स्थान
मिति – ०८ मार्य२०२४ , शुक्रिार
समय – विनको विक १ बजे
स्थान – अब्बासिया , पपिन्स हल (कुवेत)


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...