Monday 29th June 2026

चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बरमा चाैथो सांगीतिक कार्यक्रम गर्ने


कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् ।

चितवन सेवा समाज कुवेतले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालदेखि चर्चित अतिथि कलाकारलाइ कुवेत ल्याएर सांगीतिक कार्यक्रम गर्ने तय भएपनि नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा निर्णय भइ नसकेको बताउँदै केही समय पश्चात् टुङ्गो लाग्ने अध्यक्ष बि.क. ले बताए ।

कुवेत नगरीमा सन् २०१६ मा ‘अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन’ भन्ने मुल नारा साथ स्थापना भएको यस संस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक सेवाका कार्य गर्दै आएको छ । सस्थाले पहिलो, दोश्रो र तेश्रो चितवन सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यरूपमा सम्पन्न गरिसकेको छ । चौथो चितवन सांगीतिक धमाकामा कुवेतमा कार्यरत स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने समाजले जनाएको छ ।

समाजले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सांगीतिक धमाकामा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति समेत चितवन सेवा समाज कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि समाजले आग्रह गरेको छ ।

कार्यक्रमको विवरणः
मिति- ०८ डिसेम्बर २०२३, शुक्रवार ।
स्थान – तय नभएको ।
समय- तय नभएको ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...