Friday 9th October 2026

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकवासीलाई एकत्रित गरिने


‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ । चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य राखेको छ ।

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका बारे भने ‘सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका हौं । उनले थपे ‘सिन्धुको हरेक दुःख सुखमा हातेमालो गर्न सिन्धुपाल्चोकमा जन्मिएर बिभिन्न अवसरका लागी देश-विदेशमा पुगेका सिन्धुपाल्चोकेलाइ जोड्ने हाम्रो अभियान हो । हुन त यस अघि सिन्धुपाल्चोकका विपत्तिहरु जुरे पहिरो, भुकम्प पछिका राहत अनि पुनर्निमाण, मेलम्ची बाढी देखि बाह्रबिसे–९ राम्चेका रामचन्द्र सुवेदीको छोरा राकेश सुवेदीको उपचार, क्यान्सर रोगसँग लडिरहेकी सुनकोशी की कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको उपचारमा समेत बिजनेशमा रहेका सिन्धुपाल्चोकेहरुले अभियान चलाएरै सहयोग गरिरहेका छन । अब यस्ता विपत्तिमा एकताबद्ध भएर अझै सशक्त रुपमा का गर्ने छौं ।‘

तत्कालका लागी सिन्धुपाल्चोकका पर्यटकीय स्थलको जानकारीहरू समेटेर समाजले बि.स. २०८० को क्यालेन्डर प्रकाशन गरि सिन्धुको कलेज अनि क्याम्पसका विद्यार्थीहरूलाई निःशुल्क बितरण गरिने समाजमा महासचिव उत्सव खड्का (दक्षिण कोरीया हाल नेपाल)ले बताए । उनले थपे ‘ भर्खरै संस्था गठन गरेर दर्ता गरेका छौं, त्यसैले विश्वभर छरिएर रहेका सिन्धुपाल्चोकबासीहरुलाइ जोडेर संस्थामा सदस्य बिस्तारलाई प्राथमिकतामा राखेका छौं ।’ दक्षिण कोरियामा कार्यरत रहँदानै लामो समय देखी समाज गठनको योजना गरेकोमा हाल सम्म नेपाल लगायत ११ देशमा रहेका सिन्धुपाल्चोकेहरु जोडिएका छन् । यहीबाट सिन्धुवासीको हितमा एक भएर काम गर्न चाहनेहरूलाई समाजमा जोडिन आग्रह गर्दछु ।’

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल(कुवेत), सचिबमा हरि दुलाल(यूएइ हाल नेपाल), कोषाध्यक्षमा बिमल गीरी (कतार हाल नेपाल) रहेका छन् । सदस्यहरूमा किर्तिमाया तामाङ (कुवेत हाल नेपाल), प्रेम बहादर भण्डारी(नेपाल), नविन श्रेष्ठ (दक्षिण कोरीया), प्रदिप कार्की (कुवेत) रहेका छन् ।

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजमा जोडिनका लागी फोन नं(ह्वाट्सप) ९७७–९८६३४७६१३७, ९८६०३०३९६७, ९७१–५५६३८६८४३, ९६५–६००६१७६५, ईमेल आइडि [email protected] वा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको फेसबुक मार्फत सम्पर्क गरी हातेमालो गर्न समाजले सबैलाई आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...