Saturday 24th January 2026

‘केपी ओली कप’ फुटबल फागुन ११ देखि, विजेतालाई १० लाख


काठमाडौं – केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ । टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ ।

केपी ओली कपको मुख्य उद्देश्य नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई प्रेरित गर्नु रहेको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले बताए । प्रतियोगिताको विजेता टीमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने छन् ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...