Saturday 24th October 2026

कुवेतमा उदयपुरका दुर्गा बहादुर खड्का सम्पर्कबिहीन


तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन  छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट उनी सम्पर्क बिहिन भएको सितल ठाकुरले जानकारी दिएका छन । खड्काले ३ महिना बित्दा समेत  परिवार, ईस्टमित्र आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन् ।

दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएको र खोजीको लागि दुतावासलाई जानकारी आए देखि निरन्तर पहल गरेको भए पनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ ।
गत अप्रिलमा रोयल ओभरसिज मार्फत कुवेत आएका दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन । खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर-६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिनु हुन् शितल ठाकुरले आग्रह गरेका छन ।आखिर के कारण उनी सम्पर्क बिहिन भए ३ महिना बित्दा समेत अझै केहि खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...