Friday 24th July 2026

हिमालयन एयरलाइन्सले काठमान्डौ -कुवेत उडान जुलाई १५ देखि शुरु गर्दै


तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई समेत भेट गरि उडानको बारेमा जानकारी गराउदै आपसी छलफल समेत गरेको छ । गत अप्रिल ७ तारिख राजदुत भण्डारी कुवेत स्थित नागरिक उड्यन निर्देशनालयका महानिर्देशक Er./Mr.Yousef Sulaiman Al-Fouzan सँग भएको दुई पक्षिय भेटबार्ता प्रश्चात प्रक्रियाले  तिब्रता पाएको वुझिएको छ ।  कुवेत स्थित TVS ग्रुपले हिमालयन एयर्लाइन्ससँग सहकार्य गरेको छ ।
बैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षण बन्दै गएको कुवेतमा नेपाली ध्वाजाबाहक विमान हिमालयनले उडान भर्ने भएपछी कुवेतबासी नेपालीहरुको लागि अझ सहज बन्ने भएको छ ।
हुनत पछिल्लो पटक कुवेतबाट जजिरा एयरलाइनसले सिधा उडान गरिरहेको छ । जजिराले काठमान्डौ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा नियमित र भर्खरै मात्रै संचालनमा आएको भैरहवा स्थित गौतम  बुद्द अन्तरास्ट्रिय विमानस्थलमा समेत साता ३ दिन उडान भर्दै  आएको छ ।

नेपाली दुतावास कुवेतले जारी गरेको सुचना जस्ताको तस्तै 

नेपालको हिमालयन एयरलाइन्सले कुवेत सिटीका लागि उडान शुरू गर्नेः ——————————

नेपालको हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सिटी बीच आगामी १५ जुलार्इ २०२२ बाट यात्रु उडान सेवा आरम्भ गर्ने भएको छ । त्यसका लागि शुक्रबार, १५ जुलार्इ २०२२ का दिन राती १०: २५ बजे काठमाडौंबाट कुवेतका लागि उडान प्रस्थान गरी शनिबार, १६ जुलार्इ बिहान सबेरै २ बजे कुवेत सिटीबाट काठमाडौंका लागि प्रस्थान गर्ने सम्बन्धी उडान तालिका उक्त एयरलाइन्सका प्रतिनिधिबाट प्राप्त हुन आएको व्यहोरा अनुरोध छ । नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० अौ वर्षिकोत्सवको शुभ-अवसरमा दुर्इ देशबीच प्रतिस्पर्धात्मक एवं गुणात्मक हवार्इ सेवा प्रदान गर्दै यात्रुहरूको आवतजावतलार्इ थप सहज बनाउने सन्दर्भमा हिमालयन एयरलाइन्सले प्रारम्भ गर्न लागेको यस कार्यको नेपाली राजदूतावास पूर्ण सफलताको कामना गर्दछ । (महामहिम राजदूत र हिमालयन एयरलाइन्सका प्रतिनिधिहरूबीच आज दूतावासमा भएको भेटघाट पछि लिइएको सामूहिक तस्विरः) ————————————– नेपाली राजदूतावास, कुवेत मितिः २०७९/०३/१६ (तदनुसार ३० जून २०२२)

सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...