Saturday 3rd October 2026

नेपालमा अत्याधुनिक वृद्धाश्रम बनाउने एनआरएनएको घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो।

सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३ करोड ५६ लाख पचास हजार दुई सय बाइस रुपैयाँको प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ।बैठकले संघको आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ।

संघका राष्ट्रिय समिति (एनसिसिहरुमा) भएका समस्या समाधानका लागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरी समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ।संघका नवनिर्वाचित अध्यक्षहरु ड. बद्री केसी, कुल आचार्य र रविनाद्वारा आजै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरु (आइसिसि सदस्यहरु) लाई सपथग्रहण गराएका छन्।संघका प्रवक्ताद्धय शिव वरुवाल र सोम सापकोटाद्वारा सोमबार जारी विज्ञप्ति अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने भएको छ।

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...