Sunday 6th September 2026

सत्ता गठबन्धनको निर्णय- “एमसीसी” व्याख्यात्मक घोषणासहित पारित गर्ने


निक्कै बिबादित बन्न पुगेको अमेरिकन सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका चार दल नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जसपा शिर्स नेताको बैठक उक्त निर्णय गरेको हो ।

एमसिसी विशुद्ध आर्थिक सहयोग हो, यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन, नेपालको संविधानभन्दा माथि छैन भने व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने  कुरा बैठकमा सहभागी  कांग्रेस नेता रामचन्द्र पौडेलले  जानकारी गराउदै आजै प्रतिनिधि सभाका दुई बैठक बसेर एमसिसी पारित हुने  नेता  पौडेलले बताए ।

 


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

प्रतिकृयाहरू
...