Friday 11th September 2026

“उडेको आकाश, डुलेको धर्ती” माथि छलफल


तीतोपाटी डटकम-समाचारदाता -बोस्टन, अमेरिका,नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति “उडेको आकाश, डुलेको धर्ती ” माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए ।

कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे, र डा. रजनी ढकालले कृतिमाथि समीक्षात्मक विचार राखेका थिए भने नियात्राकार खत्रीद्वारा लेखकीय मन्तव्य राखिएको थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र महासचिव सर्वज्ञ वाग्लेको पनि मन्तव्य राखिएको उक्त कार्यक्रममा खतिवडाले पनि समीक्षात्मक टिप्पणी राखेकी थिइन् ।

कविता, गीत , कथा, नियात्रालगायतका विधामा कलम चलाउने खत्री अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पनि हुन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...