Friday 19th April 2024

राजनैतिक अस्थिरता बिकासको प्रमुख बाधक


सपना घिमिरे-तीतोपाटीडटकम-राजनीतिक स्थिरता देशले अवलम्बन गरेको राजनितिक प्रणाली मा निर्भर हुन्छ।तर अस्थिरताले त्यस भन्दा छुट्टै वातावरणको निर्माण गर्दछ। हरेक ठाँउमा राजनैतिक भागबन्डा खिचतानी, झगडा , राजनितिक हस्तक्षेपले बिकास होइन बिनास तिर समाज र देशलाई धकेलेको छ । स्थिरता ले बिकास तिर धकेल्दछ, बिकास को ढोका खुल्छ तर त्यो चाहाना अधुरै हुँदै आएको छ।

राजनितिक अस्थिरताले देश सबै कुरामा अस्थब्यस्थ बनाएको छ। समृद्धि , बिकास, सकारात्मक परिबर्तन हुनु पर्ने मुलुक झन पछि झन पछाडी धकेलिएको छ। हरेक पटक परिवर्तन चाहेर युवा आन्दोलनमा होमिएर ज्यानको आहुती दिए पनि देश प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा आइपुगेको छ तर जनताका समस्या जहाँ को त्यहीँ छन् ।सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्नु,गरिबी झन पछि झन बढदै जानू , स्वास्थ्य शिक्षा जस्ता आधारभूत कुरामा चरम ब्यापारीकरण हुनु गरिब र धनीले पढ्ने बिधालय र शिक्षानै फरक हुनु । नागरिकका आधारभूत राज्यबाट पाउनुपर्ने कुरा निजि माफीयाको जिम्मा दिनुले राज्य बिहिनताको स्थिति पैदा भएको छ । सरकारले कुनै कुराको ग्यारेन्टी र जिम्मेवारी लिएको देखिदैन । आदि सबै अस्थिर राजनितिका प्रतिफलहरु हुन् ।

२००७ साल पछिको परिबर्तन बहु आयामिक भएकोले समाज परिबर्तन र आर्थिक बिकासको खाका बनाउन सजिलो भएको छ। तर आधुनिक लोकतन्त्र को मान्यता बिपरित ३० बर्षको निर्दलिय पन्चायती ब्यबस्थामा झाङिएको राजनिती सस्कार ले आजको राजनितीमा प्रभाब पारेको छ। राजनिती टिकाउ भने भएको देखिएन २०१७ साल मा राजनिती संकार को अभाव का कारण ठूलो मूल्य चुकाउन पर्यो। शाहि कु भोग्नुपर्ने अबस्था आयो। दलहरु बिचको मेलमिलाब को अभाब राजनीति भित्रको कु सस्कृती का कारण बहुदलीय ब्यबस्था फर्काउन ३० बर्ष लाग्यो । त्यति बर्ष बिकास हुन सकेन खाली परिबर्तन को नारामा देश दुबिरयो ।२०४७ साल पछि पनि राजनिती स्थाइ हुन सकेन २०४७ पछि काङ्ग्रेस को सरकार बनाए पनि सरकार टिकाउ हुन सकेन । त्यहा पनि बिकास को कुरा भन्दा राजनिती खिचतानी को खोल देश ले ओडिनै रयो अद्यावधिक चुनाब को घोसणा भायो जहाँ राजनिती ले स्थिरता दिन सकेन ।
२०५१,मा चुनाब भयो तर कुनै पनि पार्टिले स्पष्ट बहुमत प्रप्त गर्न सकेनन जसबट बिकास निर्माण भन्दापनी सरकार सत्ता लिप्द हुन पुग्यो बिकास का बाटाहरु सुचारु हुन सकेनन। २०५६ साल मा फेरि चुनाब भयो तर माओबादी गणतन्त्र भनी देश आन्दोलन को बाहक बनी परिबर्तन को दिशामा अगाडि बधिरहेको थियो। त्यस समय झन झन देश को स्थिति बिगृयो । बिकाश को नाममा बिनाश भयो भएका सम्रचनाहरु ध्यस्त भए । बिकश मा खर्च हुन सकेन। योजनाहरु बन्न सकेनन । आन्दोलन को नाम मा धेरै मूल्य देश ले चुकाउन पुग्यो। २०६२/६३ को जनाआन्दोलन बाट बिकास को अनुभुति पाउन कुरिरहेको देश त्यसपछि पटक- पटक चुनाब भैसकेको छ तर राजनिती निकास भने देश ले पाउन सकेको छैन । सरकार टिक्न नसक्ने, एउटाले बनाएका योजाना कार्यान्वयन नहुदै अर्को सरकार बन्ने कारण राजनिती ले निकास दिन नसकी बिकास बाधक बनेको छ।

राजनीतिक अस्थिरताले बिकासमा कसरी बाध सिर्जना गरेको छ तपाईं हामीले देखेकै हो ।कुनै योजना बनाउदा देशलाई होइन मलाई के फाइदा हुन्छ ।म सम्बद्ध पार्टी र कर्याकर्तालाई के फाइदा हुन्छ भन्ने नजर हुन्छ देश परको कुरा भयो ।अनि कुन ठेक्दारलाई दिदा कमिसन बढी आउन्छ भन्ने हेर्छन् ।स्वार्थका कारण राजनीतिक अंकगणितले सत्ता परिवर्तन हुन्छ एउटाले लिएका योजना अर्को आउँदा खारेज ,मन्त्रालयको सचीव देखि तलसम्म सरुवा हुने गर्छन् मन्त्री प्रधानमन्त्री नयाँ छोटो समयमा हुँदा कर्मचारी पनि खासै मतलब नगर्ने नेतृत्वलाई नटेर्ने परिपाटी हुन्छ।अनि हरेक ठाँउ नेता देखि कार्यकर्ताले चन्दा माग्ने ठेक्दार भगाउने ,तर आफूलाई कमिसन दिने हुँदा सम्झौता अवधि थाप्ने काम भएका छन् ।
देश बिकासका हावादारी नारा भन्दा पर देश भित्र बस्ने वातावरण सिर्जना गरेर युवाहरूलाई गरिखान सक्ने ग्यारेन्टी र मनोबिज्ञानको सम्बोधन गरेर मात्रै सम्भव छ भौगोलिक रुपमा अति विकट र सुगम भाषिक/सास्कृतिक हिसावले अधिक डाइभर्सिटि र शिक्षा/स्वास्थ्य लगायत न्युनतम मापदण्डको समेत असन्तुलन बितरण र कम गुणस्तरीय भएको मुलुकको इक्वेसन सहजै र लिनियर तरिकाले हल गर्न सकिँदैन ।
बायोलोजिकल टिनएजमा सारा संसार आफै धानेको जस्तो पोलिटिकल टिनएजमा सबै संसार हामिले धानेको र बनाउने भ्रम पर्नु स्वभाविक हो तर प्राविधिक कुरामा राजनीतिक नेतृत्वले तथ्य बिज्ञान भन्दा बाहिर जानु निकै खतरा हो।

यो जटिलताको सहज हल कुनै सर्फिसियल नाराले नभै स्थिर राजनिती ले सम्भब छ तर राजनिती दल हरुको त्यस प्रती चासो देखिदैन । सत्ता लिप्त राजनिती दलहरु देश बिकास भन्दा सरकार मा बसि घमण्ड अहंकार र वितृष्णामा जनतालाई राखेका छ्न।

राजनितिक दलहरु बीच द्वन्द बढदै जादा

अप्रत्याशित परिवर्तन हुँदा त्यसलाई सहज रुपमा लिन नसक्नु , मतदाताको अनादार तथा करदाता को योगदान को अबमुल्यन गर्नु, सरकार नै संविधान बिपरित काम गर्नु, संबैधानिक द्वन्द्वका कारण लोकतान्त्रिक मूल्य र मान्यता ह्रास आउदै जानु, अत्याधिक सत्ता लिप्त, राजनीतिक कार्यशैली , राज्यस्वको अनुचित ब्यबस्थापन र परिचालन , निर्वाचनकोको निस्पक्षता र स्वतन्त्र विचार अभिव्यक्तिमा अंकुश , आलोचना स्विकारेर सुध्रिनु पर्ने राजनैतिक संस्कारको अभाव , असहिष्णु र पुर्बाग्राही जस्ता ब्यवहारले राजनैतिक अस्थिरता को अवस्था सिर्जना हुन्छ। जसले देशलाई अधोगति समाजिक सौहाद्रता र एकताको भावनालाई ब्रेकगर्ने तर्फ प्रोत्साहन गर्दै लगेको छ। जसबाट बिकास होइन बिनास निम्ताएको छ ।

आर्थिक बर्ष २०७६/७७ मा गरिबी १६.७प्रतिशतमा पुर्याउने लक्ष्य पन्ध्रौं योजनाले लिएको छ तर अस्थिर राजनीतिले बिकास निर्माण का काम ठप्प छ्न। कोरोना का कारण सबै बन्दाबन्दि , आर्थिक वृद्धिदर सँकुचित रहन गएकोले पन्ध्रौं योजना ले चाहेजती लक्ष्य प्राप्त गर्न सक्ने अवस्था छैन तर मंसिर पुस देखि देखिएको राजनीतिले बिकास निर्माण का काम ठप्प छ्न। कोरोना का कारण सबै बन्दाबन्दि , आर्थिक वृद्धिदर सँकुचित रहन गएकोले पन्ध्रौं योजना ले चाहेजती लक्ष्य प्राप्त गर्न सक्ने अवस्था छैन तर मंसिर पुस देखि देखिएको राजनीति खिचतानीले उद्योग खोल्न सक्ने अबस्था देखिदैन। गरिबी झन पछि झन बढदै गएका छ ।आर्थिक बर्ष मा ४ प्रतिशत गरिबी बढेको विभिन्न अनुसन्धानका डाटा बाट देखाएको छ जसबाट करिब १२ लाख जनसंख्या गरिबिको रेखामुनी पर्ने अनुमान अनुसन्धान ले बताएको छ तर त्यो गरिबी लाई कसरी घटाउने भन्दा सरकार आफ्नो राजनीति खिचतानी मै अल्झिएको छ।

अघिल्लो बर्ष कुल ५६ लाख जनसंख्या गरिबिको रेखामुनी रहेको मा अहिले त्यो बडेर ६८ लाख पुगेको रास्टृय बिकास समस्या समाधान समितिले रिपोर्ट तयार गरेको छ, तर टिक्ननसक्ने सरकार , सम्पुर्ण क्षेत्रमा घुसेको दुसित राजनितीका कारण देश झन पछि झन बिग्रदो अबस्था मा छ ।विभिन्न अनुसन्धानकर्ता हरुले निकालेको तथ्यांक का अनुसार करिब १ सय ४२ देश नेपाली हरु रोजगारी लागि पुगेको प्रारम्भिक अनुसन्धान छ ।आर्थिक बर्ष २०७५/७६ मा मात्रै ५ लाख ८ हजार ८ सय २७ जना युबा बैदेसिक रोजगारिको लागि बिदेशीएका छ्न । तर बिस्वमा फैलिएको कोरोना ले गर्दा नेपालिको रोजगारिको गन्तब्य का रुपमा रहेका देशका कम्पनिहरु बन्दहुने अबस्था मा छ्न। जसले त्यहा पुगेका नेपाली आफ्नो देश फर्कनु को बिकल्प रहदैन तर त्यस प्रती देशका राजनीति दलहरु त्यस प्रती कुनै चासो छैन । जस्को मुल श्रेय अस्थिर राजनीति नै हो।

राजनीति अस्थिरता कारण बिदेसी हरु झन हाबी भएका छ्न । उनिहरु कसरी नेपाल आफ्नो कब्जामा पार्न सकिन्छ भनि आफ्नो पक्षमा पार्न लम्किरहेका छ्न । बाह्य प्रभाब झन पछि झन बडेको छ आम जनतामा बितिस्णा फैलाएको छ। उध्योग धन्दा खोल्न बाधक बनेको छ। जसबाट बिकास होइन बिनास निम्त्याएको छ। त्यसैले अस्थिर राजनिती बिकास को बाधक हो।

अस्थिर राजनीति हरेक ठाँउ जरा गाढेको छ त्यसैलाई जरैदेखि ओख्लनुपर्छ ।त्यसैले सचेत युवा बर्ग ,वौद्धिक देशको माया भएका मिलेर देशलाई यो खिचातानीको दलदलबाट बचाउनुपर्छ ।अहिलेको निर्वाचन प्रणाली हटाएर प्रत्येक्ष निर्वाचित कार्यकारी रास्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली र सांसदहरू पुर्ण समानुपातिक बनाउनुपर्छ जसले निर्वाचनमा हुने आर्थिक लेनदेन रोक्ने छ ।राजनीति स्थित र बिकासमुखी हुने छ ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...