Friday 3rd July 2026

कोरोना खोपको मात्रा पुरा गरेर विदेशबाट आउनेहरू सिधै घर जान पाउने


तीतोपाटी डटकम-१४ असार, काठमाडौं । कोरोना खोपको मात्र पुरा गरेका हवाई यात्रु सिधै घर तथा गन्तब्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।

नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरि सिधै गन्तब्यस्थलमा जान अनुमति दिइने भएको छ ।यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे-नबसेको अनुगमन गर्ने भएको छ ।

यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटेल क्वारेन्टिन बस्नुर्ने प्रावधान रहेको थियो ।विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टा भित्रको पिसिआर परीक्षण गरि नेगेटिभ नतिजा आएको रिर्पोट साथमा बोक्नु पर्नेछ ।

खोप नलगाए ७ दिन होटेल क्वारिन्टिन

सरकारले गन्तब्य तोकेर हवाई उडान सहज बनाएको छ । यससँगै विदेशमा खोप नलगाएपनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्नेछ । यसअघि यस्तो प्रावधान १० दिनको थियो ।

यात्रुले पीसीआर रिर्पोटसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र -सीसीएमसी)को वेवसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् । तर, आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा सिधै घर जान दिइने छ ।

निजले घरमा बसेको ११ औं दिनमा भने कोभिड १९ परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा -कम्तिमा २ जना)लाई समेत अस्पतालको आधारितक कागजातका आधारमा एन्टिजेन परीक्षण गरि घर जान दिने भएको हो ।७० वर्ष माथिका जेष्ठ नागरिक, पाँच वर्ष मुनीका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरि घर जाने दिइने छ । यी सबै वर्गको एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने भएको छ ।

वैदेशिक रोजगारीबाट र्फकंदा होटेल बुकिङ नभए पनि बोर्डिङ

होटेल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरि नेगेटिभ आएमा सिधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटेल बुकिङ नभएपनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ ।तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनि तोकेका होटेलमा बस्नु पर्नेछ । यसको व्यवस्थापन पर्यटन विभागले गरिरहेको छ । यसअघि सबै यात्रुले होटेल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।

डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कुटनीतिक नियोगको सिफारिसमा सरकारी क्वारिन्टिनमा राखनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने गर्न सरकारले नै बेहोर्नेछ ।

भीआईपीलाई छुट

नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरसरकारी संस्थाका कर्मचारी र उनीहरुको परिवार भने अब होटेलमा क्वारेन्टिन बस्नु पर्ने छैन ।परराष्ट्र मन्त्रालयको सिफारिसका आधारमा उनीहरु स्वयमः क्वारेन्टिनमा बस्न सक्नेछन् । नेपाल आएको १० औं दिनमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई काममा फर्कन दिइने छ । विदेशबाट र्फकने नेपाली कर्मचारी १० दिन घरमै बस्ने गरी घर जान पाउने छन् ।

विदेशबाट फर्कने सुरक्षाकर्मी भने संस्थागत क्वारेन्टिनमा बस्ने गरी गन्तब्यमा जान सक्ने भएका छन् ।

@अनलाइनखबरबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...