Saturday 31st October 2026

“अनेसास बालतारा” सुरु


तीतोपाटी डटकम-समाचारदाता,बोस्टन,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि “अनेसास बालतारा” कार्यक्रम सुरु गरेको छ । बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना वाचन गरेका छन्।

कार्यक्रममा गतवर्ष बालकविता प्रतियोगितामा पुरस्कृत विवेक खरेललाई दुईसय अमेरिकी डलर नगदसहितको पुरस्कार अर्पण गरिएको छ । पुरस्कारलाई अनेसास बोर्डअफ ट्रस्टी उपसभापति पदम विश्वकर्माले प्रायोजन गरेका हुन् ।
कार्यक्रममा विवेक खरेल, कला न्यौपाने, रोजी गौतम, आभास अर्याल, ऐश्वर्या निरौलालगायतका भाइबहिनीले सहभागिता जनाए भने अतिथि साहित्यकारका रुपमा साहित्यकार ललिता दोषीले आफ्ना रचना सुनाइन् ।

अनेसासको अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्डअफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा, अनेसास बोर्डअफ ट्रस्टी उपसभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव विमला निरौलाले कार्यक्रममा मन्तव्य राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...