Sunday 25th October 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – १०


मधेसेलाई नगरिकता बाटेर बरबाद भयो ।
सानो मुल्यमा नैतिकता,साटेर बरबाद भयो ।

घाँटीमै बाँधी जन्जिर,बिकेछौ नेताहरु तिमी
जनतालाई नेताले नै, ढाँटेर बरबाद भयो ।

चार किल्ला बन्द गरेनी,आउँछन् साथीहरु,
संघ संघले देश्को छाती,काटेर बरबाद भयो ।

भारतको पछि लागेर, देश बन्दैन नेता हो
हातमा दिए मीठो त्यही,चाटेर बरबाद भयो ।

भारती पक्षमा गरेउ तिमी, राजनीति यहाँ
नचाहिने सम्झौता हरु, आँटेर बरबाद भयो ।

सोम नाथ लुइटेल ` रवि´ पाल्पाली
हालः युगाण्डा


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...