Monday 12th October 2026

कविता:- राष्ट्रियता -सोनी शर्मा


एक मुठी प्राण रहेसम्म
नेपाली भाषा बोल्नु छ
जन्मभुमि रहेसम्म
निर्धक्क भई नेपाली हुँ भन्नु छ।

निश्चय म नेपाली हुँ
देश विद्रोही भई बाच्नु छैन
हातहरु असक्षम नभए सम्म
नेपाली भाषा लेख्नु छ ।

नेपाल आमाको सन्तान हुँ
हर नशामा नेपाली बगिरहन्छ
चन्द्र र सुर्य जहिले सम्म रहन्छ
तब सम्म नेपालमा नेपाली नै जिईरहन्छ ।

आँखाहरु दृष्यहिन नबनेसम्म
नेपाली इतिहास बोल्न लगाउनु पर्छ
सागरमाथाको उचाई नघटेसम्म
नेपालीले राष्ट्रिय पोशाक नै लगाउनु पर्छ ।

सोनी शर्मा
क्यानाडा


सम्बन्धित शीर्षकहरु

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

प्रतिकृयाहरू
...