Thursday 18th April 2024

कोरोनाको विनाश, स्वास्थ्य आपतकालीन स्थिति


बसन्त थापा – कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ।

कोरोना भाइरसको दोस्रो छालले विनाशलाई निरन्तरता दिएको छ। हरेक दिन संक्रमित हुने र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढ़िरहेको देखिन्छ जसले देशमा स्वास्थ्य आपतकालीन अवस्था सिर्जना भइरहेको छ। देश भरका ठूला शहरहरूको बजारमा मौनता छ।

केहि गरी कमाई खाने व्यापारीहरु पनि दु:खी छन् र प्रदेश सरकारहरू कोरोना खोपको अभावका बारे चिन्तित छन्। देशका विभिन्न प्रदेशहरु र प्रदेश भित्रका  सहरहरुमा पनि व्यवसाय, व्यापारी र यससँग सम्बन्धित व्यक्तिहरु ठूलो क्षतिको जोखिममा छन्।

गत वर्षको कोरोना संकटबाट देश पुन: पुरानो लयमा फर्किन नपाउदै फेरी कोरोनाको दोश्रो छालको चपेटामा परेको छ ।

लाखौ मानिसहरू, हजारौ मध्यम र साना व्यापारीहरू र असंख्य मजदुरहरू स्पष्ट रूपमा कोरोनाको दुष्चक्रमा फसेको देखिन्छन्। सहरका हजारौं मजदुरहरू दिनहुँ गाउँतिर फर्केका छन । गत वर्ष जस्तो अवस्थाको डरले हजारौ मानिसहरू आफूले काम गरिरहेको सहरबाट गाउँ फर्किरहेका छन।

कोरोना कहरले विश्व संगै नेपालमा पनि तहल्का मच्चाइरहँदा अवस्था झन भयाबह हुने निश्चित छ। स्वास्थ्य संकट होला जस्तो देखिन्छ। मानिसहरूले कोरोनाको यो दोस्रो छाललाई जित्न कोशिस गरे पनि निषेधाज्ञा र लकडाउनको स्थितिबाटआक्रोशित छन् तर सरकारले पनि के गरोस ?

यस्तो अवस्थामा व्यवसाय बिग्रने, बेरोजगारी बढ्ने र सामान्य मजदुरमाथि धेरै किसिमले असर परिरहेको छ। व्यापारीहरू निरास छन्, मानिसहरू डर त्रासपूर्ण रहेका छन् र रोजगारदाताहरू कठिन परिस्थितिमा छन् । वातावरण फेरि गत वर्षको भन्दा पनि खराब देखिदै गएको छ। कोरोनाको दोस्रो छालले सबै नष्ट गर्दै छ। देशका सबै शहरहरूमा कुनै स्पष्ट निर्देशनहरू छैनन्, कुनै प्रकारको कुनै स्पष्ट सन्देश छैन, यद्यपि त्यहाँ विभिन्न प्रतिबन्धको नाममा पूर्ण लकडाउनको अवस्था रहेको छ।

गाउँ सहरका व्यापारीहरूले यसको ठूलो वा सानो स्तरमा विरोध गरे, ज्ञापन दिए पनि । यो सबैका बावजूद बन्द गर्नु पर्ने सरकारहरूको आफ्नै बाध्यता पनि रहेको छ । यद्धपी यो त्यस्तो होइन कि कोरोनाको यो दोस्रो छाल पहिलो भन्दा बढी खतरनाक छ भन्ने कुरालाई मानिसहरूले बुझिरहेका छैनन अबस्या पनि बुझेका छन तर पछिल्लो वर्षदेखि लकडाउनको सामना गरिरहेका व्यापारीहरुले विगत दुईतीन महिनादेखि केहि मात्रामा व्यापार व्यावसाय गर्ने मौका पाएका थिए तर फेरि लकडाउनको स्थितिले उनीहरूको व्यवसायमा ठुलो असर पारीरहेको छ।

यदि कोरोनाको दैनिक तथ्यांकलाई हेर्ने हो भने, प्रत्येक दिनमा ७ हजार भन्दा बढी संक्रमणका विरामीहरू रहेका छन जसमा ५० प्रतिशत बिरामीहरू काठमाण्डू उपत्यका र त्यसपछि घेरै तराई भेगमा रहेको देखिन्छ।

फेब्रुअरीको अन्त्य र मार्चको शुरुमा कोरोना संक्रमित संख्या देश भर गरेर ८० / वा १०० जना भेटिइरहेका थिए तर अब यो संख्या सिधै ७/८  हजार पार गर्ने तयारीमा छ।

सरकारले गरोस त के गरोस?  यो अधिक बेवास्ताको कारण फैलिएको हो। मानिसहरूको लापरवाही र कोभिड-१९ को  नियमहरू पालना नगर्नु मुख्य कारण हो । यस कारणले गर्दा सरकार लकडाउन जस्ता प्रतिबन्ध लगाउन बाध्य भएको छ तर व्यक्तिहरू यसलाई स्वीकार गर्न तयार छैनन् । देश भरका प्रदेश सरकारहरूको आफ्नै समस्याहरू छन् । सहर सहर कोरोनाको दोस्रो छालको चिच्याहटमा छ र जीवन खतराको छायाको रूपमा देखिन्छ। तर जस्ले खतरा देख्दैनन्, कृपया अस्पतालमा जानुहोस् र आफ्नो आँखा जाँच गर्नुहोस अनि थाहा हुन्छ के हो कोरोना भनेर?

त्यस्तै विश्वभरका कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्ल्डमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् । वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसै गरि हाल सम्म ३२ लाख २३ हजार भन्दा बढिको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।

हाल विश्वभर १ करोड ९४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकामा १ करोड ९३ लाखभन्दा बढीको स्वास्थ्य अवस्था सामान्य छ भने १ लाख ११ हजार गम्भीर छन् ।

नेपाल स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार नेपालमै पनि हालसम्म २ लाख ८६ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ ।

आज दुई हजार २१ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । आज एकैदिन सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको मृत्यु भएको छ। तसर्थ समयमै सचेत बनौ आफु पनि बाचौ र अरुलाई पनि बचाउ!!


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...