Friday 29th March 2024

एनआरएनए “सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१” हुदै प्रथम पुरस्कार दुई लाख


तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

४० वर्ष उमेरसम्मका नवोदित गायक–गायिका कलाकारहरुले भर्चुअल माध्यम मार्फत् सहभागी हुन् सक्नेछन । सार्क मुलुक बाहेकका विश्वभरका ६ वटा क्षेत्रीय समिति अन्तर्गत गैरआवासीय नेपाली संघ गठन भएका भएका सबै राष्ट्रबाट  प्रतियोगितामा  सहभागी हुन सक्नेछन  ।

प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन भने ६ वटाभन्दा धेरै राष्ट्र सहितको क्षेत्रीय समिति भएको खण्डमा प्रति एक राष्ट्र बराबर १ प्रतियोगी थप हुनेछन् । कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् भने विवेक खतिवडाले उद्घोषण गर्ने छन् ।

प्रतियोगितामा ३ चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ । डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषद्लाई र रेकर्डका लागि आयोजक कमिटिलाई पनि सीसी गरी पठाउनु पर्नेछ । प्रत्येक क्षेत्रीय समितिले छनोट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना [email protected][email protected] मा आउँदो १० अप्रिलसम्ममा पठाउनुपर्नेछ ।

आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनोट गरी ओपनिङ राउण्डमा लैजाने छ । छनोट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउनेछ ।

ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउण्डबाट छनोट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउण्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउण्डको सारेगम राउण्डमा प्रवेश गराउने नियम तय भएको छ । ओपनिङ राउण्डको सारेगम राउण्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउण्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वत: फाइनल राउण्डमा सहभागी हुन पाउनेछन् ।

फाइनल राउण्डलाई ३ चरणमा विभाजित गरिनेछ । जसमा ओपनिङ राउण्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन् । ९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन् । प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार होस्ट कन्ट्रीको भुमिकामा रहेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार रहेको प्रतियोगिताको मुख्य सहकार्य क्षेत्रीय संयोजक प्रविण गुरुङले गर्नेछन् ।आईडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ तय गरिएको छ ।

ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिनेछ । प्रतियोगिता आगामी अप्रिल १६ र १७ तारिख हुनेछ ।कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्य गरेका छन् ।

No description available.No description available.

 


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...