Sunday 13th July 2025

कुवेतबाट नबराज पराजुलीको पहलमा क्रिकेट रंगशाला निर्माण सहयोगार्थ अभियान चलाइँदै


तीतोपाटी – गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कुवेतमा पनि सहयोग संकलन अभियान चलाइने भएको छ तर यो सहयोग अभियान कुनै संघ संस्था वा समुहले चलाउन लागेको नभइ कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीले संचालन गर्न लागेका हुन् । गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतका युवा संयोजक समेत रहेका पराजुली तीतोपाटी सँग कुरा गर्दै देश निर्माणमा स्वदेश तथा परदेश जहाँ रहेका नेपाली भए पनि उत्तिकै जिम्मेवारी र दायित्व हुने भएकोले धुर्मुस-सुन्तली फाउन्डेसनले खेलकुद क्षेत्रको विकासको लागि निर्माण गर्न लागेको उक्त रंगशाला निर्माणार्थ सहयोग संकलन गर्न लागेको बताएका हुन् ।

हाल नेपालमा निकै चर्चाको शिखरमा रहेको विषय गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । भाैगोलिक दृष्टिले नेपालको केन्द्रविन्दु रहेको चितवन जिल्लाको भरतपुर – १६ मा निर्माणाधिन अबस्थामा छ । करिब ३ अर्ब लागतमा धुर्मुस सुन्तली फाउन्डेसनले दाताहरूको सहयोगमा यो रंगशाला बनाउन लागेको हो । रंगशाला बनाउनका लागि लाग्ने झण्डै २१ विगाह जग्गा त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको छ भने रंगशाला बनाउन स्वदेश तथा विदेशबाट संघ संस्था तथा व्यक्ति विशेषबाट सहयोग संकलन कार्य पनि जारी छ ।

क्रिकेट रंगशाला निर्माण क्रममा बजेट अभाव भएपछि रंगशाला बनाउन लागि परेका धुर्मुस-सुन्तली हाल उक्त रंगशाला निर्माणार्थ सहयोग संकलन अभियानमा दाैडाहामा छन् । यस अभियानमा अहिले सहयोग नगरे कहिले सहयोग गर्ने, हामीले सहयोग नगर कस्ले सहयोग गर्ने? भन्दै संस्थागत वा समुहगत अभियान चलाउन यो कोभिड महामारीको समयमा भेला जमघट वा सार्वजनिक कार्यक्रमहरू नभएकोले व्यक्तिगत प्रवासबाट जो सकेको सहयोग संकलन गरेर थोरै भए पनि इटा थप्न मद्दत गर्न प्रयन्त गर्न लागेको अभियन्ता नबराज पराजुली बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...