Thursday 21st May 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – २


घर फर्केर आऊ बस्नु हुन्न अब शहरमा ।
कसैले केहि नि दिने वाला छैनन् यो कहरमा ।

भनेकी थिएँ आफ्नै घरको खाऔंला आटो पिठो
असिमित चाहना बोकी गयौ आफ्नै रहरमा ।

शहर गए पछि वास्ता गर्दैनथ्यौ हामीलाई
आफ्नै थात काम लाग्दोरैछ दु:खको पहरमा ।

बाँजैं छन् खेतीयोग्य जमिन पानी बिना एकडै
सिचाईमा लगानी बढाऊ गाउँकै नहरमा ।

केहि पाउने आशमा समय गये सित्तै वर्षौं
भन्दा भन्दै सबै श्रमदान डुबायौ जहरमा ।

शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...