Tuesday 29th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १४


चारैतिर शान्तिको बीउ छरम जस्तो लाग्यो ।
नमेटिने मायाको रङ्ग भरम जस्तो लाग्यो ।

रातभरी जुनतारा दिउँसो न्यानो घाम बनी,
आकाशबाट धर्ती माथि झरम जस्तो लाग्यो ।

भए जति मेरो खुशी, सबै उपहार दिइ,
तिम्रो सारा पिडाहरू हरम जस्तो लाग्यो ।

हिमाल पहाड तराईमा दुःख सुख साट्दै
जिन्दगीको यात्रा सँगै गरम जस्तो लाग्यो ।

सैयाैं जुनी उनकै हुनि चाहना यो बढेपछि,
दुनिया नै भुली नजिक सरम जस्तो लाग्यो ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा. – ८
सुनखानी, दोलखा
बागमती प्रदेश ।
(रचनाः २०७७ चैत्र ०७ शनिबार)


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...