Tuesday 29th September 2026

सुशीला पाैडेलका ५ मुक्तकहरू


मुक्तक

१
यो धर्तीबाट सधैं बिदा लिन मन छ ।
आफूसँग भएको ज्ञान दिन मन छ।
ज्ञान जति दियो उति बढ्छ भन्छन्,
ज्ञान बाँडेर सदैब चिनिन मन छ।

२
जसले प्रेमीका ठान्यो मलाई।
उसले आज पराई मान्यो मलाई।
पागल प्रेमी हुँ भनि गुणगान गायो,
आज मुटुमा तीर हान्यो मलाई।

३
जति चोट दिए पनि सहन्छु म।
मेरो रगत पिए पनि सहन्छु म।
चोट दिने जति आफन्त नै हुन,
मेरो ज्यानै लिए पनि सहन्छु म।

४
राजनीतिमा छलफल त भइहाल्छ।
पार्टी पार्टीमा सधैं कल त भइहाल्छ।
सडक देखि सदन तताए पछि मात्र,
एकदिन समस्याको हल त भइहाल्छ।

५
आँशु बिक्ने शहर चाहिएको छ।
पीडा किन्ने शहर चाहिएको छ।
आँसु, वेदनाले छट्पटिएको बेला,
हाँसो जुट्ने शहर चाहिएको छ।

सुशीला पौडेल
अर्घाखाँची
हाल:-काठमाडौ


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...