Monday 7th September 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ५


आँखा भरि सपना सजाएर हिँडेकोछु ।
दिल भित्र चाहना दबाएर हिँडेकोछु ।

भन्ने कुरा धेरै थियो लुकाउन सकिन
आँसुलाइ आखैमा बगाएर हिँडेकोछु ।

ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई
दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु ।

तिमीले दिएको चोट कसरी बिर्सु अब
सम्झना आउनेछ सताएर हिँडेकोछु ।

मायाले धोकाको मोहर लगायो कसरी
मुटु भित्र मायालाइ जलाएर हिँडेकोछु ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हाल :- युगाण्डा


सम्बन्धित शीर्षकहरु

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

प्रतिकृयाहरू
...