Tuesday 29th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १३


पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू ।
झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू ।

स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु,
सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू ।

मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै,
दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू ।

हरेक पाइलै पिछे तिमी ठान्थ्यौ मेरै जित हुन्छ,
सफलताको शिखर चुम्नु पैले भैंमा खस्यौ सानू।

तिमी नै हौ मेरो जीवन तिमी सारा खुशी भनी,
मुखमा रामराम बगलिमा छुरा किन धस्यौ सानू।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८ सुनखानी दोलखा
बागमती प्रदेश ।
रचना: २०७७ चैत्र ४ बुधबार


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...