Wednesday 30th September 2026

कविताः नारी -लक्ष्मी चौलागाई


रक्षा गर्ने जगत बचाउने, पनि आफै अगाडि सरी।
नारी हुन् पुरुषै बनाउँने, अघि ब्रह्मा महेश्वर हरी।।
पैला श्रृष्टि गरि दिने,नवजीवन प्रारम्भमा स्त्री हुन।
राक्षस यौन पिपासु सुद्र, जनले यै सत्य हो यो बुझुन्।।

नारीको अपरम्पार महिमा, के लेख्न सक्छु र म?
खानी हुन् गुणकी अधिक, गुणहरु के देख्न सक्छु र म?
यति लेख्छु म लेखि सक्दिन, धेरै बृतान्त वर्णन गरी।
नारी पुज्य बुझुन् सबै पुरुषले, सारा यो संसार भरी।।

श्रृष्टि गर्ने यि हुन् भने जगतको, बिज्ञान छुन्छिन यिनी।
सक्छन् कर्म पुरुषकै सरी यिनी, गन्तब्य पुग्छिन् हिनी।।
प्राणै दण्ड बलात्कारीकन मिलोस्, स्त्री सलामत हउन्।
देशको कानुन यो नियम बदिलियोस्, नारी सुरक्षित रहुन्।।

मातृभाव लिउन् पुरुषहरु, सबै नारी हरुमा भनी।
लेखें सार मेरो यो अन्त करणले, साह्रै म भावुक बनी।।
यस्ता यौन पिपासु राक्षस, अधम हिंस्रक पशु झैं भै।
पापात्मा पशु हुन् यिनै वली चढुन् ,भार हुन् भूका यि सबै।।

देख्छु यौन पिपासु राक्षस, अधम् हिंस्रक नराधमहरु।
फाँसी जन्म कयद सजाय, नभए लाग्दैन् युक्ति अरु।।
बढ्छन दिन-दिनै अनेक घटना, हिंसा बलात्कारका।
मारिन्छन् नभए चेली दिनदिनै, उपाय उद्धारका।।

हिंसा स्त्रीको नै भो तिब्र, गतिमा बढ्दो क्रम दिन-दिन।
प्राणै दण्ड सिबाय युक्ति अरु, केही अपराधिलाई देख्दिन।।
हे मातर् जगदम्बिके, जगतकी सक्ति रुपा हे शीवा।
आऊ शक्ति बनी भूमा, अबतरण काट्नुस् दुरात्मा जीवा।।

नारी माथि पर्यो बिपत्, जगतमा यिनमा अनाचार भयो ।
हिंसा बढ्न गयो बलात्कृत, भइन आज नारीको हार भयो।।
महिषाशुर निशुम्भ शुम्भहरु सब जित्ने तिमी हौ हिजो।
नारी माथि पर्यो बचाऊ जननि राक्षसहरुको थिचो।।

-लक्ष्मी चौलागाई
बिजौरा, सुर्खेत
हाल- भारत हैदराबाद ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...