Sunday 26th May 2024

सोमनाथ लुइटेलको गजल संग्रह – ३


गजल

मनमा शान्ती छैन लजाएर के हुन्छ ।
पिरै पिरमा हात समाएर के हुन्छ ।।

माया हुदैन गुलाबको फुल दिँदैमा
निष्ठुरिले मलाइ बनाएर के हुन्छ ।

भर पर्नु कस्को सबै गर्छन् झुट्को खेती
शान्त बसेको मन चलाएर के हुन्छ ।

आत्माबल घट्दैछ तिम्रो बोलीबाट नै
खोक्रो मुखले कुरा चपाएर के हुन्छ ।

आत्मा साक्षी थियो त्यो नि उसैसंग गयो
फाटेको दिललाई फटाएर के हुन्छ ।

सोमनाथ लुइटेल रवि
पाल्पाली
हाल :- युगान्डा


सम्बन्धित शीर्षकहरु

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

प्रतिकृयाहरू
...