Monday 26th October 2026

मलेसियामा अवैध रूपमा बस्ने विदेशी कामदारमाथि धरपकड, नेपालीसहित २०० जना पक्राउ


तितोपाटी- मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीसहित २ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तीव्रता दिएसँगै उनीहरू पक्राउ परेको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यही साता प्रहरीले केही नेपालीसहित २ सय ५ जना अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्यहाँको अध्यागमन विभागले क्वालालम्पुरमा चेकजाँच गरिएका ४ सय २५ जनामध्ये २ सय पाँच जनासँग वैधानिक कागजात नरहेको र उनीहरूलाई हिरासतमा लिइएको जनाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पक्राउ पर्नेमा नेपाली, इण्डोनेसियन तथा बंगलादेशी कामदार रहेको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरूले अपार्टमेण्टमा धेरै विदेशी रहेको भन्दै उनीहरूका बारेमा रिपोर्ट गरेपछि अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा आकस्मिक जाँच गरेको थियो । मलेसियामा अवैध रूपमा बस्दै आएको विदेशी कामदारलाई मलेसियाली प्रहरीले आकस्मिक धरपकड गर्ने थालेको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...