Wednesday 30th September 2026

कविताः झुप्रोमा दियालो – छन्द: शिखरिणी -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺

दियालो झुप्रोमा झलमल गरी जल्दछ जब
प्रवासी प्रस्थायी अलमल बिना फिर्दछ घर
सबैको आत्मामा सरल मनुवा बस्दछ जब
खुशीले हाँसौला सबजन मिली प्रार्थक तब ।१।🌷🙏🌺

प्रणाली बस्नेछिन् कुसुम मनकी प्राञ्जल बनी
गरीबी भाग्नेछिन् खलबल गरी बिक्षत बनी
सुरक्षा भिड्नेछिन् सबल करमा बन्दुक गरी
चुनेकी शिक्षाले प्रविधि घरमा कौशल सँगी ।२।🌷🙏🌺

उजेली डुल्नेछिन् हिमशिखरका पर्वत जता
खुशीमा भुल्नेछ्न् स्वसुर गृहमा शंकर त्यता
नदीले पोख्नेछिन् कलकल खुशी रौनक जति
शिलाले गर्नेछिन् ठिमठिम गरी नाटक अति ।३।🌷🙏🌺

उषाले भन्नेछिन् झटपट छिटो उठ्नुछ सँगी
निशा ती घुम्नेछिन् झिसमिस हुँदा दीपकसँगे
बनौँला नेपाली विकसित ठुला लेखक पनि
गरौँला नेपाली फकिर जनता कौशल सँगी ।४।🌷🙏🌺

मिलेरै बस्नेछ्न् सकल दलका मालिक पनि
डराई भाग्नेछिन् वनतिर झगडा पागल बनी
तुरुन्तै हट्नेछ्न् छल कपटका कर्तुत पनि
बसौँला नेपाली सकल जगका नायक बनी ।५।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...